बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थानीयतह निर्वाचन : प्रमुखमा महिलाको चर्चा कम

स्थानीयतह निर्वाचन : प्रमुखमा महिलाको चर्चा कम


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७८, आइतबार

बागलुङ/बैशाख ३० गतेकालागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्नो माताहातका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने काम देखि निर्वाचनका लागि आबस्यक कर्माचारी, निर्वाचन अधिकृतहरुको नियुक्ती र सामग्रीको जोहोसम्मका काम गरिरहेको छ ।

आयोगले जस्तै दलहरुले पनि पाँच बर्षसम्म नचलेका पार्टीका काम, संगठन र भेला, बैठक तथा सभाहरुलाई तिब्र बनाएका छन् । निर्वाचन नजिकिँदै गर्दा बागलुङमा सरगर्मी बढेको छ । खेतलादेखि, सडकका चोक, पसल तथा गाउँघरमा हुने भेटघाटमा समेत सम्भावित उमेद्वारको चर्चा र टिप्पणी सुरु भएका छन् ।

सबै तिर उमेद्वारको चर्चा चुलिँदा पुरुषहरकै नाम अघि छ । अघिल्लो निर्वाचनमा महिला प्रमुख सुन्य रहेको बागलुङमा यसपटक पनि सोही अबस्था आउनेगरी चर्चाहरु सुरु भएका छन् । यद्यपी राजनीतिक दलहरुले उम्मेदवारको टुंगो भने अहिलेसम्म लगाउन सकेका छैनन् । दलहरूले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगरे पनि स्थानीय तहहरूमा वडादेखि प्रमुखसम्मका नाम कार्यकर्ताहरुले ल्याउन थालेका छन् ।

कतिपयले पुरानैलाई पुनः दोहो¥याउने मनशायले चर्चा चलाएका छन् भने कतिपयले नयाँ र अनुभव भएकालाई मौका दिनुपर्ने सम्मका छलफल चलाउन थालेका छन् । सबै दलहरूबीच चर्चा र छलफलको निष्कर्ष समान भए पनि विषय, लैंगिकता र व्यक्तिबारे विविधता देखिएको छ । बागलुङका दश स्थानीय तहमध्ये अघिल्लो निर्वाचनको समयमा ६ वटा मात्रै स्थानीय तहमा महिला उपप्रमुख भएका छन् । प्रमुख र उपप्रमुख मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था भएपनि तालमेल र गठबन्धनका नाममा दलहरुले कानुन समेत छल्न दुई दलका फरक फरक उमेद्वारहरुलाई उठाएर दुवै पदमा पुरुषनै आउने वातावरण बनाए । फलःस्वरुप चारवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पुरुषनै छन् ।

यस पटकको निर्वाचनमा पनि सम्भावित उम्मेदवारका नामको सूचीमा महिलाको नाम निकै कम सुनिने गरेको छ । त्यसमा मुख्य पदका लागि झन् महिलाको नाम र चर्चाको विषय नै बन्न सकेको देखिँदैन । यहाँ क्रियाशिल रहेका दलहरुका केही महिना पहिला भएका अधिबेशनहरुबाट नेतृत्व छनोट गर्दा कुनैपनि दलबाट पालिका प्रमुखमा महिलालाई जिम्मेबारी दिईएको छैन् । दलभित्रै महिलालाई नेतृत्व दिन हिच्कीचाएका दलहरुले स्थानीय तहको नेतृत्वमा महिला ल्याउनेसम्भावना काम देखिनु अर्को कारण हो ।
यहाँ कृयाशिल रहेका ठुला दलका महिला नेतृहरुले बहश र छलफल थालेका छन् । तर उनीहरुले थालेको बहस र छलफललाई नजिकबाट नियालेरपनि नजरअन्दाज गरिरहेका दलहरुका उमेद्वार महिला हुनेमा विश्वस्त हुने ठाउँ छैन् । समावेशीका हिसावले बागलुङमा अघिल्लो पटक दलित, जनजातीको उपस्थिती देखिएको थियो । दलित समुदायबाट नगरप्रमुख बनेका देवकुमार नेपाली र मगर समुदायको बाहुल्य रहेको बागलुङमा प्रमुख र उपप्रमुख गरेर ११ जना जनजाती समुदायका उमेद्वारले चुनाव जितेका थिए ।

बागलुङमा अघिल्लो निर्वाचनमा ८५ वडा मध्ये दुई वटा वडामा मात्रै महिला उमेद्वारले जितेका थिए । यस पटकको निर्वाचनमा वडामा समेत एकाद बाहेक नेतृत्वमा महिला उमेद्वारको चर्चा कम छ । ‘महिलालाई उप र चुपमा मात्रै ल्याउने प्रबृत्तिका बिरुद्ध एकताबद्ध भएर जाने भनेका छौं’ बागलुङका कृयाशिल दलहरुका प्रभावशाली नेतृहरुको छलफल पछि नेकपा माओवी केन्द्रकी नेतृ कुशुम बुढाले भनिन् ‘स्थानीय तहको नेतृत्वमा अब महिलाको सहभागिता बढाउन दलहरु लाग्नु पर्छ ।’ अबसर पाए महिलाले पनि नेतृत्वगर्न सक्ने भन्दै महिलाहरुले सार्वजनिक समारोहहरुमा भाषण गर्न थालेका छन् । ‘हामिले जे गरिरहेका छौं, त्यो नै नेतृत्व पाउनका लागि काफि छ’ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नहरुको जवाफ दिएपछि ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले संकेत गरिन् ‘अब नेतृत्वगर्न महिला अघि आउनै पर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->