बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राप्रपा अबको बैकल्पिक शक्ती : लिंदेन

राप्रपा अबको बैकल्पिक शक्ती : लिंदेन


  • ढोरपाटन संवाददाता
  • चैत्र २२ २०७८, मंगलबार

बागलुङ/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले अबको बैकल्पिक राजनीतिक शक्ती राप्रपा भएको बताएका छन् ।

कांग्रेस, एमाले र माओवादी एउटै सिक्काका दुइ पाटा भएकोले बैकल्पिक शक्ती जिताउनुपर्ने धारणा समेत राखे । उनले जताबाट हेरेपनि एकै देखिने दललाई जिताएर जनताले दुःख पाउने भन्दै आसन्न निर्वाचनमा उनीहरुलाई पराजित गर्नुपर्ने बताए ।

मंगलवार पाटीको आमसभामा बोल्दै लिंदेनले देशलाई कंगाल बनाउने नेता र उनीहरुको दलबाट देश बिकास पनि संभव नभएको उनको धारणा छ । नेपालका नेताबाट बिकास गर्नु र साँढेले दूध दिनु एकै भएको समेत उनले बताए । उनले शेरबहादुर देउवा, केपी ओली र प्रचन्डलाई साँढेको नाम समेत दिए । उनीहरुलाई जिताएर नेपालको बिकास नहुने समेत ठोकुवा गर्दै ती दलको बिकल्प राप्रपा भएको बताए ।

तीस बर्षदेखि कांग्रेस, एमाले र माओवादीले राज्य चलाएर देश खोक्रो पारेको उनको टिप्पणी छ । ‘देश श्रीलंका जस्तै बन्दैछ, जनताले अब बुझ्नुपर्छ, उनीहरुकै कारण यस्तो भएको हो’ लिंदेनले भने, ‘भ्रष्टाचारमा डुवेकाबाट देश बनाउन सकिंदैन ।’ पटक पटक निर्वाचन जितेर गएकाबाटै देशको दुर्गती भएपछि अब कहिले उनीहरले बिकास गर्न सक्छन् भनेर विश्वास गर्ने भन्दै जनताले बिचार गर्ने बेला आएको बताए ।
उनले दलको हस्तक्षेपले अदालत अदालत जस्तो नभएको, संसद संसद जस्तो नभएको बताए । युवा पलायन बढेको, देशको आर्थिक अबस्था खस्केको र बेरोजगारी बढेको भन्दै ती सबै बेथितीको कारक पनि ठूला दलनै भएको आरोप लगाए । उनले अझै तीनै नेतालाई जिताएर पछुताउनुपर्ने बताए । हिजोको गल्ती सच्याएर बैकल्पिक शक्तीको रुपमा राप्रपालाई स्थापित गर्नुपर्ने धारणा समेत उनले राखे । ‘अब हामी देश बनाउँछौं, स्थानीय निर्वाचनमा हामीलाई जिताउनु होस्’ उनले भने, ‘भोज भतेर गर्ने, पैसा बाड्नेलाई भोट नदिनुस् ।’ उनले एमसिसि पास गर्दाको चरित्रले उनीहरु एकै भएको देखिएको पनि बताए ।

माओवादी सडकमा उत्रेरपनि एमसिसि पास गर्दा मौन बसेको, एमालेले नारा लगाएरपनि एमसिसि पास गर्न चुप लागेको उनको आरोप थियो । एमसिसि ल्याएर बिदेशीको दास बन्ने बिकास नचाइएको भन्दै बिरोध पनि गरे । आफ्नो दलले जितेका स्थानीय पालिकामा कर नलगाउने, बिकासमा अब्बल बनाउने तथा निशुल्क शिक्षा र स्वास्थ्य सेवा दिने जस्ता महत्वकांक्षी योजनापनि सुनाए ।
कार्यक्रममा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलेपनि प्रमुख दललाई चोर, फटाहा र दलालको आरोप लगाए । उनले ती दलहरु भोट माग्ने निहुँमा कार्यक्रम बनाएर गाउँ आएको भन्दै आजैदेखि लखेट्न कार्यकर्तालाइ उक्साए । उनले राप्रपा मात्रै सच्चा राष्ट्रबादी दल भएको दावी समेत गरेका थिए । राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता, सचिव बिष्णुप्रसाद सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय नेता तथा जिल्ला स्तरीय नेताले बोलेका थिए । कार्यक्रममा भाग लिन राप्रपाले गाउँगाउँबाट मानिस झिकाएको थियो । छिमेकी जिल्लाबाटपनि मोटरसाइकल चढेर धेरै कार्यकर्ता आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->