आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चैत्राष्टमी मेला आजदेखि

चैत्राष्टमी मेला आजदेखि


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

बागलुङ/ चैत्राष्टमी (चैते दशैं) को अवसर पारेर बिहीबारदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । बिहीबारदेखि सुरुहुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । पर्यटनको प्रवद्र्धन, संस्कृतिको संरक्षण र परम्पराको निरन्तरता दिन मेला आयोजना गरिएको उनले बताए ।

बागलुङ कालिका मन्दिर परिसरमा पहिलैदेखि व्यापार मेलाका रुपमा चैतेदशैं मेला लाग्ने गरेको थियो । कालिका भगवती गुठीले केही वर्ष अघिदेखि स्वस्फुर्त लाग्ने मेलालाई व्यवस्थापन गर्दै आएको छ । यसवर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोक दोहोरी, भजन प्रतियोगीता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको खड्काले जानकारी दिए ।

बिहीबारबाट सुरु हुने मेला चैत २८ गतेसम्म चल्ने छ । मेलामा आयोजना गरिएको भलिबल प्रतियोगिताको गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि, सहकारी तथा गरिवि निवारणमन्त्री चन्द्र बहादुर बुढा सागरले उद्घाटन गर्ने कार्यक्रम छ ।
मूल समारोह भने चैत २६ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने गुठीले जनाएको छ । ५३ लाख खर्च हुने अनुमान गरिएको मेला हेर्न कुनै शुल्क नलाग्ने खड्काले जानकारी दिए । मेलाका लागि कालिका मन्दिर परिसर सिँगारिएको छ । मेलामा झाँकी तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->