आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीका सबै जिल्ला खेलकुद संघ अध्यक्ष लगायत पदाधिकारी पदमुक्त

गण्डकीका सबै जिल्ला खेलकुद संघ अध्यक्ष लगायत पदाधिकारी पदमुक्त


  • विजय नेपाली
  • चैत्र २५ २०७८, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सहितको पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै पदबाट हटाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेश मन्त्री परिषद्को निर्णयबाट वर्खास्त गरिएको हो । गण्डकी प्रदेशका प्रवक्ता एवम् भौतिक पुर्वधार तथा यातायात मन्त्री कुमार खड्काले जानकारी दिए ।

‘जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको काम प्रति असन्तुष्टि रहेको भन्दै जिल्ला खेलकुद विकास समितिका ११ जिल्लाका सदस्यहरुलाई वहाँको कार्यबाट सन्तोजनक नभएको र पदाधिकारीहरुलाई हटाउने निर्णय गरेको छ’ उनले भने ।

प्रत्येक जिल्लामा १३ सदस्य गरी कुल १ सय ४३ जना पदबाट बर्खास्त भएका हुन् । तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समिति गठन गरेका थिए ।

गत ४ गते गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको थियो । अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देशन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->