शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समाजसेवी ढकाललाई प्रवल जनसेवाश्री

समाजसेवी ढकाललाई प्रवल जनसेवाश्री


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७८, शुक्रबार

स्याङ्जा – आधिखोला गाउँपालिका– ६ टिकाजाका समाजसेवी यमनारायण ढकाल प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने भएका छन् । निरन्तर समाजसेबा साथै गाउँ बिकासमा क्रियाशिल ५६ ढकाललाई गाउँको भौतिक, सामाजिक तथा शैक्षिक बिकासमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले प्रवल जनसेवाश्री मानपदवीबाट दिन लागेको हो ।

पुतलीखेत कार्कीनेटा बाटो निर्माण समितिको अध्यक्ष सहित शारदा मन्दिर माबिको बिधालय ब्यास्थापन समितिको अध्यक्ष रहनु भएका ढकाल विभिन्न समाजिक सस्थामा अध्यक्ष तथा सल्लाहकार भुमिकामा गाउँ रुपान्तरण अनबरत लाग्नु भएको हो ।

संविधान दिवसको अवसरमा सरकारले समाजसेवी ढकाललाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको थियो ।

सरकारले हरेक वर्ष संविधान दिवसका, अवसरमा राष्ट्रिय हितमा योगदान गरेका विभिन्न क्षेत्रका दिग्गजलाई विभुषणबाट सम्मान गर्दै आएको छ ।
विभुषण राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७९ बैशाख १ गते रास्ट्रपति कार्यलय आयोजित विशेष कार्यक्रम प्रदान गर्ने र समाजसेवी ढकाल पनि बिभुषित हुनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->