बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अब उमेद्वारलाई प्रश्न गरेर भोट हाल्नुस् : तिमिल्सिना

अब उमेद्वारलाई प्रश्न गरेर भोट हाल्नुस् : तिमिल्सिना


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले सत्ताभन्दा माथी जनताको हितका विषयमा काम गर्नुपर्ने बताएका छन् । नेतालाई सत्तामा पु¥याउने र उनीहरुको हितका लागि मात्रै काम गर्ने परिपाठीको विकास भएको भन्दै उनले जनताले विकासको भोग गर्न पाउने व्यवस्था गर्न आग्रह गरे ।

‘अब हरेक जनताले सोध्नुपर्ने हुन्छ, जनताले भोट हालेर तपाईंलाई सत्तामा पु¥याउने, तपाईहरु सत्तामा आलोपाले गर्ने, भागबण्डा गर्ने, कुर्सीको मात्रै चिन्ता गर्ने जनताको हित हुने गरी पिकास र समृद्धि कहिले ल्याउने ?’ उनले भने ‘मतदान गर्नुपूर्व सबैले सोधेर मात्रै मतदान गर्ने बेला आएको छ ।’

उनले आगमी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताए । तिमिल्सिनाले जननिर्वाचित व्यक्तिहरु सत्ता र शक्तिका लागि मरिमेट्न थालेको बताउँदै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गरे ।

स्थानीयतहको निर्वाचनलाई जनताले अधिकतम प्रयोग गर्दै सक्षम जनप्रतिनिधि छनोट गर्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि सरकारले सकरात्मक वातावरण तयार पार्नुपर्ने बताए । बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्दै उनले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फष्टाउँदो गतिमा गएको बताए ।

उनले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकहरु आउने संभावना रहेको बताए । ‘चैतेदशै बागलुङको पहिचान मात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन’ तिमिल्सिनाले भने ‘अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुँनेछन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->