आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एएफसी फुटसल कप छनोट : नेपालले आइतबार उज्वेकिस्तानको सामाना गर्दै

एएफसी फुटसल कप छनोट : नेपालले आइतबार उज्वेकिस्तानको सामाना गर्दै


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

काठमाण्डौं/एएफसी फुटसल एसियन कप छनोटमा नेपालले आइतबार उज्वेकिस्ताको सामना गर्दैछ ।

किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताएका छन् ।

शनिबार आयोजित प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक बस्नेतले भने, ’यहाँ सबै जना जित्नका लागि आएका छौँं, आशा छ यो वर्ष दोस्रो चरण पुग्ने छौ ।

नेपालले उज्वेकिस्तानसँग सन् २०१७ र २०१९ मा प्रतिस्पर्धा गरेको थियो । दुई पटकनै नेपालले हार व्यहोरेको थियो । २०१७ मा १४–१ गोलको हार व्यहोरेको नेपालले २०१९ मा ४–१ को हार व्यहोरेको थियो ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेल चैत २८ गते ताजिकिस्तानसँग खेल्दैछ । नेपालले चैत २९ गते अन्तिमखेल अफगानिस्तानसंग खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटसल टोलीको गोलरक्षकमा अनिश श्रेष्ठ र विश्वास पौडेल, फिक्सोहरु विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, अलाहरु आदिम हामिद, कृजल खड्का, मनि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा तथा पिभोटमा हेमन्त गुरुङ, खिमराज गुरुङ र किशोर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->