बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमालेमा मुल फुट्दा गठबन्धनमा पहिरो गयो : अध्यक्ष ओली

एमालेमा मुल फुट्दा गठबन्धनमा पहिरो गयो : अध्यक्ष ओली


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश विकासका लागि आँफुले बनाएका योजनाहरुमा हलुका टिप्पणी गर्नेहरु नै अहिले तिनै योजनाको उद्घाटन र शिलान्यासमा व्यस्त हुने गरेको बताएका छन् ।
आफ्नो सरकारका पालामा कागजको रेल बनाउनेहरुले नै अहिले जनकपुर जयनगर रेशको उद्घाटन गरेको उनले बताए । ‘हिजो हामीले रेशमार्ग बनायौं, रेल ल्यायौं उनीहरु कागजको रेल बनाएर मजाक उडाउँदै थिए, आज भारत पुगेर त्यहीं रेलको उद्घाटन लाजै नमानी गरे’ ओलीले भने ‘चोभारमा सुख्खा बन्दरगाहको विरोध गर्नेले हिजोअस्ती कहिले हो त्यहिं हामिले बनाएको बन्दरगाह उद्घाटन गरे रे !’

शनिबार बागलुङमा आयोजित निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रलाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनमा पहिरो जान सुरु भएको टिप्पणी गरे । एमालेमा बिभिन्न दलबाट पार्टी प्रबेश गर्नेहरुको लर्को लागेको भन्दै अध्यक्ष ओलीले एमालेमा वर्षायाममा जस्तै मुल फुट्दा गठबन्धनले पहिरै पहिरोको सामना गरिरहेको टिप्पणी गरे । उनले पाँच दलीय गठबन्धन स्यालहरुको समुह भन्दै हात्ती जस्तो एमालेलाई शिकार गर्न नसक्ने दाबी गरे ।

देशको अर्थतन्त्रको अवस्था निकै कमजोर बनेको भन्दै ओलीले अहिलेको सरकारले नौ महिनाको अबधिमा नै ढिकुटी रित्याएको आरोप लगाए । ‘हामी सरकारबाट बाहिरीने बेला विदेशी मुद्राको सञ्चिती एक वर्ष पुग्ने थियो, अहिले चार महिना पनि नपुग्ने बनाए’ ओलीले भने ‘यो सरकारले आउँदो बजेटमा कर्मचारीले तलब बढाउला भनेर आशा नगरे हुन्छ, बढ्नुका त कुरै छोडौं तलब पाउन पनि कठिन होला ।’

विदेशी मुद्राको सञ्चिती रित्तीँदा विदेश जाने, विकास निर्माणका काममा भुक्तानी गर्ने रकम समेत नहुने भन्दै उनले नौ महिनामा देश कंगाल बनाएको आरोप लगाए । ओलीले पाँच दलीय गठबन्धनको कार्यकर्ता हुन नसकेकै कारण राष्ट्र बैंकका गभर्नर बर्खास्त हुनुपरेको बताए । उनले सासकीय असक्षमताकै कारण देश कमजोर भएको बताए ।

आफ्नो सरकारका पाला देशले विकासको फड्को मारेको भन्दै ओलीले विदेशी दलालको योजनामा विकासको गति रोक्न बहुमतको सरकार हटाएको दाबी गरे । मओवादी अध्यक्ष प्रचण्ड र एकिकृत समाजबादीका अध्यक्ष माधव नेपाल कम्युनिष्ट आन्दोलन सिध्याउनका लागि विदेशीले तयार गरेका पात्र भएको आरोप लगाए ।

‘गबन्धन भ्रष्ट तत्वहरुको समुह हो, त्यो पशुपती शर्माको गीत छ नि लुट कान्छा लुट हो त्यस्तै गरिरहेका छन्’ उनले भने ‘वाइडबडी, बालुवाटार खानेहरुले नै अहिले हामीलाई प्रश्न गर्छन्, लुटिरहेका छन् ।’ ओलीले कम्युनिष्ट कार्यकर्ता नम्र र शालिन हुनुपर्ने बताए ।
आउँदो स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले छेक्न नसक्ने भन्दै उनले ३५ हजार सिटमध्ये २० हजार बढी सिट एमालेले जित्नैपर्ने बताए । ‘एमालेमा जनताको आकर्षण देखेर गठबन्धनमा सहभागि दल र उनका प्रभुहरु डराईरहेका छन्’ ओलीले भने ‘आउँदो चुनावपछि लकडाउनका बेला खुलेका सटर जस्तै, खुल्ला रहने व्यापार नहुने, पार्टी अस्तित्वमा छ तर काम नलाग्ने अवस्थामा पुग्छन् ।’ उनले गठबन्धनमा सहभागि दलहरु एक्लै चुनावमा गए सर्वनास हुने दाबी गरे । ओलीले कांग्रेस, राजमो र माओवादी केन्द्र लगायतका पार्टी छोडेका केही युवाहरुलाई पार्टी प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->