बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गठबन्धमा एसको भुमीका महत्वपूर्ण : नेपाल

गठबन्धमा एसको भुमीका महत्वपूर्ण : नेपाल


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७८, सोमबार

बागलुङ / नेकपा (एकिकृत समाजवादी) एसका अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका दलहरुमध्ये नेकपा एसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
पुराना नेताहरु रहेको नयाँ दल भएपनि जनताको आकर्षण एकिकृत समाजबादीमा रहेको भन्दै उनले गठबन्धको नेतृत्व गर्ने दल आफ्नै दल भएको बताए । उनले आफ्नो पार्टीबाट गठबन्धनमा रहेका अरु पार्टीहरुले आशा राख्ने भएकाले ढुक्क भएर निर्वाचनका कार्यक्रममा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
बिचार मिल्नेहरुका बीचमा तालमेल गरेर तीनै तहको निर्वाचनमा होमिन लागेको भन्दै उनले दक्षिण पन्थी अवसरबादका बिरुद्धमा सँगै लडाईंको मैदानमा जाने दावी गरे । उनले कम्युनिष्ट पार्टी बनाउनेले नै बिद्रोह गर्नु परेको इतिहास आफ्नो पालामा पनि दोहोरिएको बताए ।

पार्टी कार्यकर्ता प्रशिक्षणमा बागलुङ आएका नेता नेपालले सोमबार बोल्दै कार्यकर्ताबाट तर्सिने नेताबाट देशले कुनै आसा गर्न नसक्ने समेत बताए । उनले केपी ओली चाकरीबाजहरुको कोटरीमा रमाउने नेता भएको टिप्प्णी गरे । ‘नेता भनेको सयौं हजारौं कार्यकर्ताको सुझावबाट चल्ने हो, बैठकबाट डराएर भाग्ने होइन’ नेपालले भने, ‘केपी ओली आसेपासेको कुरा मात्रै सुनेर अगाडि बढ्न खोज्दा दुइतिहाइबाट सत्ताच्युत भएका हुन् ।’ उनले नेकपा एसमा जनलहर शुरु भएको पनि बताए ।

संस्थापक पुष्पलाल देखि आफ्नो पालामा समेत नेतृत्वको अर्कमन्यताले बिद्रोह गर्नु परेको नेपालको भनाइ छ । इतिहासमा पुष्पलालले बिद्रोह गरेका थिए, अहिले केपी ओलीले बहुमतलाई कारवाही गर्न खोजेपछि आँफूले बिद्रोह गर्न बाध्य भएको बताए । ‘बहुमत सदस्यले बैठक गरौं भन्दा चाकरीबाज गर्नेलाई मात्र पार्टी ठानेपछि बिद्रोत गर्नु परेको हो’ नेपालले भने, ‘बिरोधी जति सबै निकाल्छु भनेपछि शिर निहुराएर बस्न सकिएन ।’ उनले बैठकबाट भाग्ने नेता, बन्दुकबाट भाग्ने सिपाहीहरुबाट केही आस गर्न नसकिने बताए ।

केपी ओली बैठकबाट सातो जाने नेता भएको उनले टिप्पणी थियो । बर्तमान गठबन्धन दक्षिणपन्थी अबसरबाद बिरुद्ध भएको उनले बताए । ‘हामीले जित्न र केपी प्रवृत्ति हराउन पनि गठबन्धन चाहिएकै हो’ नेपालले भने, ‘जनमतलाई पटक पटक धोका दिने नेता चाहिंदैन ।’ उनले जनमतको कदर नगर्ने, एकपटक नभइ दुइपटक सम्म संसद भंग गर्ने र अदालतको आदेश समेत नमान्ने नेता निरंकुशबादी र अराजक भएको पनि बताए । आसन्न निर्वाचनमा गठबन्धन मार्फत निरंकुशतन्त्र पराजित गर्ने लक्षमा हिडेको भन्दै यो अभियान सफल भएरै छाड्ने दावी समेत गरे ।

बयलगाडा चढेर अमेरिका पुग्न सकिंदैन भन्ने केपीबाट संविधान र गणतन्त्रको रक्षा समेत संभव नभएको बताए । संविधान असफल पार्ने पटक पटकको प्रयासबाट उनको प्रवृत्ति उधांगो भएको भन्दै अझैपनि केपीलाई सत्तामा ल्याए देश बर्बाद हुने बताए । कार्यक्रममा नेकपा एसका गण्डकी प्रदेश अध्यक्ष रामजी प्रसाद शर्मा लगायतले प्रशिक्षण गरेको जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->