आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मिस्टर युनिभर्सका लागि सुरेश देवा पुने प्रस्थान

मिस्टर युनिभर्सका लागि सुरेश देवा पुने प्रस्थान


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार
काठमाडौं – मिस्टर युनिभर्समा भाग लिन नेपालका चर्चित फिटनेश ट्रेनर सुरेश देवा भारतको पुने प्रस्थान गरेका छन् । आगामी अप्रिल १५ देखि १७ सम्म पुनेमा मिस्टर युनिभर्स आयोजना हुँदैछ, यसका लागि संसारभरका १ सय ९२ देशबाट सहभागिता हुँदैछ ।
मिस्टर युनिभर्स एशियामै पहिलोपटक हुन लागेकाले पनि यसको चर्चा बढेको हो ।  मिस्टर युनिभर्सका लागि देवासँगै मरिसमान लामाको पनि सहभागिता रहने छ ।
लामा विल्डिङमा सहभागिता जनाउनेछन् भने देवाले मेन्स फिजिक १ सय ७१ सिएम क्याटोगरीमार्फत सहभागिता जनाउनेछन् ।
देवाले यसअघि वल्र्ड च्याम्पियनशिप, आर्नल क्लासिक एशिया, ओलपिया अमाच्युअर, एशियन च्याम्पियनशिप, एशियन विज, नेशनल च्याम्पिनयनशिप २०७५ लगायतमा सहभागिता जनाइसकेका छन् भने उनी यसपटक लामो समयको तयारीपछि मिस्टर युनिभर्समा सहभागिता जनाउन लागेका हुन् ।
यदि मिस्टर युनिभर्स जितेमा देवाले प्रो–कार्ड प्राप्त गर्नेछन् । यो गेमका लागि उनले ३ बर्षदेखि तयारी गरिरहेका थिए । विशेष गरेर युरोप अमेरिकामा हुने यो कार्यक्रम पहिलोपटक एशियामा हुन लागेको हो ।
देवा र लामालाई नेपाल ओलम्पिक कमिटीले पनि एक कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->