आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राजदुत मार्फत अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो

राजदुत मार्फत अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

काठमाडौं – नेपालले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तोका लागि प्रस्ताव गरेको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनी राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ताको भएको छ ।

भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री अथक र राजदुत गोवीबिच दुई देशबिचको पारस्परीक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।

मन्त्री अथकद्वारा नेपाल र अर्जेन्टिनाविच मैत्रीपूर्ण फुटबल खेलका लागि राखिएको प्रस्तावमाथी राजदुत गोवीले सहमती जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->