आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नेरेसो पोखरा २६मा महिला उपसमितिगठन तथा भित्तेपात्रो बिमोचन

नेरेसो पोखरा २६मा महिला उपसमितिगठन तथा भित्तेपात्रो बिमोचन


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०७८, बुधबार

पोखरा २६ मा रहेकोे नेपाल रेडक्रस सोसाइटीले नव वर्ष २०७९ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन सहित महिला उप समिति चयन गरेको छ ।

समितिको संयोजकमा देबिमाया ढुङ्गाना, सह–संयोजकमा शारदा बराल , सचिबमा सृजना तिवारी , कोषाध्यक्षमा बिष्णु अधिकारी र सदस्यहरूमा दुर्गादेबी पाठक , रितादेवी रानाभाट, सूर्यदेवी रानाभाट, शर्मिला बि .क , माया बराल , कल्पना ढुङ्गाना, अन्जना बिक , सावित्री भूर्तेल ,र सुमित्रा बस्ताकोटी रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटीका निबर्तमान सभापति बामदेब ढुङ्गानाले रेडक्रस एउटा बिशुदद्ध मानविय सेवाभावमा सन्चालित सामाजिक लसंस्था हो ।

जसले मानविय आपत बिपद्मा प्रकोपमा रहेकालाइ सहयोग गर्दै आइरहेको छ । उप साखाका सभापति शैलेन्द्र मोहन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा ने.रे.सो. कास्की शाखाका उपमन्त्री उर्मिला खड्का,

उपशाखाका संस्थापक सभापति एवं वडा नं २६ का वडाध्यक्ष नारायण बराल , सल्लाहकार झलकपाणी तिवारी , पूर्ब सभापति नरभुपाल पौडेल, निवर्तमान सभापति चन्दबहादुर रानाभाट,

संस्थापक महिला संयोजक निर्मला ढुङ्गाना, उपसभापति देवीकामाया ढुङ्गाना , सहकोषाध्यक्ष दुर्गा तिमिल्सिना ,लगायतले कार्यक्रममा आ– अनफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->