बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवचुली नगरपालिकामा एमालेका ७ जनाको दाबी

देवचुली नगरपालिकामा एमालेका ७ जनाको दाबी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७९, शनिबार

नवलपुर, ३ बैशाख – देवचुली नगरपालिकामा एमालेबाट मेयरमा ७ जना र उपमेयरमा १० जना आकांक्षी देखिएका छन् । एमालेका एक जिल्ला नेताका अनुसार नगर प्रमुखमा खिमानन्द भुसाल, यसअघिको निर्वाचनमा पराजित उम्मेदवार हरि न्यौपाने, हाल नगर उपप्रमुख पार्वता तिवारीलगायतले आकांक्षा देखाएका हुन् ।

यो नगरमा यसअघिको निर्वाचनमा नगर प्रमुखमा कांग्रेसका पूर्णकुमार श्रेष्ठ र उपप्रमुख एमालेबाट पार्वता तिवारीले जितेका थिए । नगरका १६ वटा वडामा पनि वडाध्यक्ष र सदस्यमा आकांक्षी बढेका कारण उम्मेदवारको टुंगो लागेको छैन ।

जिल्लामा २ सय ९९ मतदान केन्द्र र १ सय १३ वटा मतदानस्थल रहने निर्वाचन कार्यालयले जनाएको छ । करिब ५५ हजार मतदाता रहेको जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा २१ मतदान स्थल र ६४ मतदान केन्द्र रहने छन । त्यसैगरि गैंडाकोटमा २१ मतदानस्थल, ५५ मतदान केन्द्र तोकिएको छ ।

बिनयी त्रिवेणी, बौदीकाली, हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकामा अरू मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । यो जिल्लामा कुल २ लाख ५४ हजार ६ सय १५ मतदाता रहेका छन् । मतदान केन्द्रमा प्रहरी, सशस्त्र र सेनाबाहेक ११ सयभन्दा बढी म्यादी प्रहरी खटाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->