आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्की कांग्रेसले त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै समाजवादीसंग गठबन्धन नगर्ने

कास्की कांग्रेसले त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै समाजवादीसंग गठबन्धन नगर्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०७९, सोमबार

पोखरा -पोखराको मेयरमा नेपाली कांग्रेसले मेयरको अडान नछाडेपछि एकीकृत समाजवादीसंग गठबन्धन नगर्ने बताएको छ । सोमबार त्रुटिपुर्ण विज्ञप्ती निकाल्दै नेपाली कांग्रेस कास्कीले स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति कास्कीका सचिव द्वय भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले जारी गरेको विज्ञप्तीमा मिति भने एक वर्ष अघिको राखिएको छ ।

२०७८ बैशाख ५ गतेको मिति राख्दै जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’


उनीहरुले पोखरा महानगरपालिकाको प्रमुख का सम्बन्धमा संचार माध्यममा आएको हल्लाका पछाडि नलाग्न समेत अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->