बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उमेद्वार बन्न रायडाँडाका वडाअध्यक्ष गौतमले दिए राजीनामा

उमेद्वार बन्न रायडाँडाका वडाअध्यक्ष गौतमले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन ।

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा उनको पार्टी नेपाली काँग्रेसले पुन वडा अध्यक्षको उम्मेदवारमा सिफारिस गरे सँगै गौतमले राजिनामा दिएका हुन । राजीनामा दिन गौतम जिल्लामै पहिलो जनप्रतिनिधि हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जनताको चाहना अनुसार पार्टीले पनि आफुलाई पुन उम्मेदवारीको रुपमा सिफारिस गरेको हुँदा पदिय दायित्वबाट राजिनामा दिएका गौतमले बताए । उनले वडा नं. ११ पुन वडा अध्यक्षका लागि अन्य राजनितिक दल र आफ्नै पार्टी भित्र सर्वसम्मतको प्रयास भएको र चुनावी कार्यक्रमलाई सहयोग पुगोस भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको जानकारी दिए ।
२०७४ को स्थानीय निर्वाचनमा गौतम नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->