आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल

नवौँ राष्ट्रिय खेलकुदमा ३८ खेल


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०७९, शुक्रबार

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । नवौँमा ३८ खेलमध्ये दुई खेललाई भने प्रदर्सनीको रुपमा राखिने भएको छ ।

गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक खेलको रुपमा लिइने क्यानोइङलाई भने प्रदर्सनी खेलको रुपमा राखिने भएको छ ।

शुक्रबार बसेको बैठकको निर्णयअनुसार राष्ट्रिय खेलकुदमा सातै प्रदेश, विभागीय टोलीसँगै गैरनेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहने छ ।

नवौं राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, ब्याड्मिन्टन, टेबल टेनिस, टेनिस, हक्की, बक्सिङ, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आई टि एफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी (सेभेन ए साइड), छेलो (प्रदर्शनी) र क्यानोइङ (प्रदर्शनी) खेलमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा ६ हजार आठ सय जना खेलाडी, एक हजार जना प्रशिक्षक, पाँच सय जना व्यवस्थापक, एक सय १४ जना संघका प्रतिनिधी र एक हजार जना निर्णायकको भुमिकामा रहने राखेपको अनुमान छ ।

सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन गर्ने निर्णय यस अघि गरिसकेको थियो । बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका समेत पारित गरेको छ ।

बैठकले संघ संस्थाको निर्देशिका पारित गर्नेदेखि जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->