कास्की /पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
समितिको प्रथम उपाध्यक्षमा क्या.ठाकुरप्रसाद गुरुङ, द्धितीय उपाध्यक्षमा सु.मे.पूर्णबहादुर गुरुङ,सचिवमा चन्द्रबहादुर गुरुङ, सहसचिवमा गणेशबहादुर गुरुङ, कोषाध्यक्षमा ध्रुबबहादुर गुरुङ र सहकोषाध्यक्षमा सु.लालकाजी गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा बसन्तकुमार गुरुङ,तमबहादुर गुरुङ, नरप्रसाद गुरुङ,देउबहादुर गुरुङ, पदमबहादुर गुरुङ,सु.यामबहादुर गुरुङ,शिव घले, पबी गुरुङ, बेलकुमारी गुरुङ र सपना गुरुङ रहेका छन् । आमा समितिमा पुनः डम्बरकुमारी गुरुङ अध्यक्षमा सर्वसम्मत हुँदा उपाध्यक्षमा इन्द्रकुमारी गुरुङ, सचिवमा मिना गुरुङ, सहसचिवमा सुशीला गुरुङ, कोषाध्यक्षमा तारा गुरुङ र सहकोषाध्यक्षमा सुर्यकुमारी गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा रत्नकुमारी गुरुङ, भिमकुमारी गुरुङ,कन्याकुमारी गुरुङ,तुलसीकुमारी गुरुङ,सन्तु गुरुङ,माया गुरुङ, दुरु गुरुङ,धनु गुरुङ, पार्वती गुरुङ,पुर्ण गुरुङ,निसा गुरुङ र बिष्णु गुरुङ चयन भएका छन् ।




