बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जैमिनीको उपप्रमुखमा राजमो नेतृ क्षेत्रीको स्वतन्त्र उमेद्वारी

जैमिनीको उपप्रमुखमा राजमो नेतृ क्षेत्रीको स्वतन्त्र उमेद्वारी

वडाअध्यक्षमा चार जनाको उमेद्वारी दर्ता ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७९, आइतबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी छन् । जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकीहुन् । क्षेत्रीले आइतबार दिउँसो स्वतन्त्र उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले बताए ।

राजमोको तर्फबाट जैमिनी नगरपालिकामा कार्यपालिका सदस्य रहेकी क्षेत्रीले हिजो मात्रै राजीनामा दिएकी थिईन् । सत्ता गठबन्धनको बागलुङ बजारमा चलिरहेको छलफलमा जैमिनी नगरपालिका प्रमुखमा राष्ट्रिय जनमोर्चा र उप प्रमुखमा नेपाली कांग्रेसले उमेद्वारी दिने सहमति भएको थियो । तर गठबन्धनको निर्णय बिपरित क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी हुन् ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार आईतबार जैमिनी नगरपालिकामा चार जना वडाअध्यक्षको उमेद्वारी दर्ता भएको छ । वडा नं. २ मा राप्रपाका यज्ञ प्रसाद सापकोटा, ६ मा राप्रपाकै याम बहादुर क्षेत्री, वडा नं. ९ मा मंगोलियन नेशनल अर्गनाईजेसनका सहबिर थापा र वडा नं. ३ मा कृष्ण बहादुर पाण्डेले स्वतन्त्र उमेद्वारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->