बागलुङ/नेपाली कांग्रेसले बागलुङका पालिका प्रमुख र उपप्रमुखमा आफ्ना उमेद्वार टुंगो लगाएको छ । सत्ता गठबन्धनमा सहमति जुटेपछि आफ्नो भागमा परेका उमेद्वारको टुंगो लगाउन छलफलमा बसेको कांग्रेसले प्रमुख र उपप्रमुख पदमा उमेद्वार टुंगो लगाएको हो ।
कांग्रेसले बागलुङ नगरपालिकाको प्रमुखमा बसन्तकुमार श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । श्रेष्ठ यसअघिको निर्वाचनमा एमालेका जनकराज पौडेलसँग पराजित भएका थिए । उनले यस पटक पुनः टिकट पाएका हुन् ।
गलकोट नगरपालिकाको प्रमुखमा भरत शर्मा गैरेलाई कांग्रेसले दोहोराउने भएको छ । गैरे बहालवाला नगरप्रमुख हुन् । काठेखोला गाउँपालिकाको अध्यक्षमा राजु थापालाई उमेद्वार बनाउँदै छ । वडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी उमेद्वार बन्ने भएकी छन् । निसीखोला गाउँपालिकाको अध्यक्षमा सूर्य बहादुर घर्ती उमेद्वार हुने भएका छन् । तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा पुनः अध्यक्षका उमेद्वार हुने भएका छन् । बुढा यसअघि कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।
जैमिनी नगरपालिकाको उपप्रमुखमा पार्टी सचिव हरिहर शर्मा र ढोरपाटन नगरपालिकाको उपप्रमुखमा धनबहादुर कायतको उमेद्वारी टुंगिएको हो । बरेङ गाउँपालिकाको उपाध्यक्षमा दिलिप पुन र ताराखोला गाउँपालिकाको उपाध्यक्षमा भीम बहादुर रोकालाई उमेद्वार बनाउने कांग्रेसले निर्णय गरेको हो ।





