बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ताराखोलामा निवर्तमान अध्यक्ष घर्तीको बागी उमेद्वारी

ताराखोलामा निवर्तमान अध्यक्ष घर्तीको बागी उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७९, सोमबार

बागलुङ/ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रकाश घर्तीले स्वतन्त्र उमेद्वारी दिएका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओबादी केन्द्रको तफबाट उमेद्वार बनेर अध्यक्ष भएका घर्तीले यस पटक स्वतन्त्र उमेद्वारी दिएका हुन् ।

सत्ता गठबन्धनले गठबन्धनले नेकपा माओवादी केन्द्रको तर्फबाट ताराखोला गाउँपालिकामा धनबहादुर विक ‘हिमाल’लाई उम्मेदवार बनाएको छ । तर घर्तीले आँफमाथी अन्याय भएको भन्दै स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन् ।
उनले जनताले आफूबाटे धेरै अपेक्षा राखेको र जनताको अपेक्षा अनुसार काम गर्नका लागि आफूले पुनः उम्मेदवारी दिनु परेको घर्तीको भनाई छ । पार्टीको पालिका कमिटिले आफूलाई सर्वसम्म अध्यक्ष बनाउने निर्णय गरे पनि जिल्ला तथा माथिल्लो तहका नेतृत्वले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गरेको घर्तीको आरोप छ ।

‘मैले दोहोरिने विषयमा जिल्ला इन्चार्ज, संयोजक, प्रदेशका नेतृत्वहरुलाई पनि जानकारी गराएको थिएँ, जनताले र गाउँ कमिटिले पनि मलाई सर्वसम्मत रुपमा दोहोराउने भनेको थियो, तर उहाँहरुले स्वघोषित रुपमा अरुलाई टिकट प्रदान गर्नुभयो, मसँग लबिङ धनदौलत थिएन, पार्टी नेतृत्वले मलाई अन्याय ग¥र्यो त्यसैले स्वतन्त्र उम्मेदवारी दिएँ’ घर्तीले भने । पार्टीले अनुशासनको कारवाही गरे पनि भोग्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->