बागलुङ/नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कमिटि बागलुङकी सचिव उषा पौडेलले नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उमेद्वारी दिएकी छन् । नेपाली कांग्रेसले अन्याय गरेको भन्दै पौडेलले नेकपा एमालेको तर्फबाट उमेद्वारी दिएको बताईन् ।
पौडेल सोमबार नै एमाले प्रबेश गरेर पार्टीको तर्फबाट उमेद्वारी दर्ता गराएको एमाले जैमिनी नगर कमिटिका अध्यक्ष बद्री ढुंगानाले बताए । सत्ता गठबन्धनले जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चालाई प्रमुख र नेपाली कांग्रेसलाई उपप्रमुख भागवण्डा लगाएको थियो । उप प्रमुखमा पार्टी सचिव हरिहर शर्मालाई उमेद्वार बनाउने निर्णयपछि पौडेल एमाले प्रबेश गरेकी हुन् ।
पौडेल प्रवेश गरेपछि एमालेले उपप्रमुखको टिकट पाएकी एमुना शर्माको टिकट खोसेर पौडेललाई उमेद्वार बनाएको छ । जैमिनी नगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका उमेद्वार हरिहर शर्मा, गठबन्धनकै बिद्रोही उमेद्वारको रुपमा राजमो नेतृ रुद्रा रोका क्षेत्री र एमालेको तर्फबाट उपा पौडेलको उमेद्वारी दर्ता भएको छ ।





