बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाका दुई वडामा नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वारी दिएका छन् । कांग्रेसको तर्फबाट वडा अध्यक्षको आकांक्षी रहेका र वडा समितिको सभापति रहेका नेताहरु एमाले प्रबेश गरेर उमेद्वार बनेका हुन् ।
बडिगाड गाउँपालिका–५ का कांग्रेस नेता बिष्णु आचार्य एमालेको तर्फबाट वडा अध्यक्षको उमेद्वार बनेका छन् । उनी कांग्रेसको तर्फबाट वडाअध्यक्षको आकांक्षी थिए । सोमबारनै एमाले प्रबेश गरेका आचार्यले वडाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै, कांग्रेस वडिगाड गाउँपालिका–१० का सभापति पुठासिंह बुढाले एमालेको तर्फबाट वडाअध्यक्षमा उमेद्वारी दिएका छन् । उनी सोमबार मात्रै एमाले प्रबेश गरेका थिए । दुवै जनालाई पार्टी प्रबेश पछि वडाअध्यक्षको उमेद्वार बन्न टिकट दिईएको पार्टी सचिव बिष्णु भुसालले बताए ।





