आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेशभर उत्साहजनक मनोनयन, प्रमुख पदमा महिलालाई निरुत्साहन

गण्डकी प्रदेशभर उत्साहजनक मनोनयन, प्रमुख पदमा महिलालाई निरुत्साहन


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०७९, मंगलबार

पोखरा/ वाध्यकारी प्रावधानबाहेक महिला उम्मेदवारलाई निरुत्साहित गर्दै स्थानीय निर्वाचनको लागि स्वतन्त्रसहित विभिन्न दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । कास्कीको हकमा कांग्रेसलेमात्रै रुपा गाउँपालिकाको अध्यक्षमा गिमाया गुरुङलाई उभ्याएको छ । अमुल परिवर्तन पार्टीको तर्फबाट मुना बानियाँले मेयरमा उम्मेदवारी दिएबाहेक अन्य महिलाहरुले प्रमुख पद आँकेका वा पाएका छैनन् । उपप्रमुखको भाग चाहिँ महिलाले पाएका छन् ।

वडाहरुमा पनि अवस्था उस्तै छ । एमालेले पोखराको वडा नम्बर १० र १७ मा क्रमशः पवित्रा गुरुङ र राधिका शाही योगीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेसले वडा नम्बर १ मा सीता गुरुङ र ९ मा सारदा गिरीमात्रै महिला उम्मेदवार छन् ।

पोखराको मेयरमा २ दर्जन र उपमेयरमा करिब एक दर्जनले उम्मेदवारी दिँदा गण्डकी प्रदेशभर एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको छ । पोखरासहित प्रदेशका केही जिल्लामा भने सत्ता साझेदारबीच गठबन्धन हुँदा गठबन्धनको विपक्षमा एमाले भिड्ने पक्का भएको छ । यद्यपि, स्वतन्त्र र साना दलका उम्मेदवारको संख्या र प्रभाव पनि कम छैन ।

पोखरा महागनरमा एमालेका कृष्ण थापासँग गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाट मुख्य प्रतिस्पर्धी देखिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपािलकामा कांग्रेसले युवराज कुँवर र खुमकुमारी गुरुङलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

एमालेको विष्णु केसी अध्यक्ष र उपाध्यक्षमा चन्द्रकला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको रुपमा अघि सारेको छ । माछापुच्छ«ेमा एमालेबाट विक्रम गुरुङ र सीता तिवारी अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार बन्दा कांग्रेसले त्रमशः मिनबहादुर गुरुङ र गीता अधिकारीलाई मैदानमा उतारेको छ । मादीमा कांग्रेसको तर्फबाट देवीजंग गुरुङ र गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट लालबहादुर गुरुङलाई अध्यक्ष र उपाध्यक्ष बनाउँदा एमालेबाट शिवबहादुर गुरुङ र कल्पना गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् ।

रुपाबाट एमालेले नवराज ओझा र लालसुबा गुरुङलाई अध्यक्ष र उपाध्यक्षमा दोहो¥याउँदा कांग्रेसले क्रमशः गिमाया गुरुङ तथा नारायणकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र,एकीकृत समाजवादीसहितका दलहरुबीच कास्कीमा गठबन्धन नहुने घोषणा गरेसँगै ती स्थानहरुमा अन्य दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् । माओवादीले माछापुच्छे«मा प्रविणा अधिकारीलाई उपाध्यक्षमा उठाएको छ । त्यस्तै पोखरा वडा नम्बर १ मा माओवादी केन्द्रले पनि उम्मेदवारी दिएको छ ।

माओवादी तर्फबाट वडा नम्बर १ मा भानु अधिकारी उम्मेदवार दिएका छन् । यद्यपि, उम्मेदवारी फिर्ता लिने बेलासम्म गठबन्धन अझ कसिलो बनाइने र केही ठाउँमा सहमति गरिने कांग्रेस पोखरा नगर समितिका सचिव टुवराज बास्तोलाले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->