आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखराको मेयरमा २८ र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखराको मेयरमा २८ र उपमेयरमा ९ जनाको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७९, बुधबार

पोखरा/ पोखराको मेयरमा २८ र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । वैशाख ११ गतेबाट सुरु भएको मनोनयन प्रक्रिया वैशाख १२ गते साँझ ५ बजे सकिनुपथ्र्यो तर ठूला दलहरुले दोस्रो दिन नै रोजेपछि मनोनयन प्रक्रिया आजमात्रै टुंगिएको हो । निर्वाचन कार्यालयले वैशाख १२ गते साँझ ५ बजेसम्म कार्यालयभित्र छिर्ने सबैको मनोनयन गर्ने व्यवस्था गरे पनि प्रक्रिया पूरा गर्न अर्को दिन पनि लाग्यो ।

पोखराको मेयरमा एमालेबाट कृष्णबहादुर थापा र गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यसहित मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना,सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमप्रसाद गुरुङ, विवेकशील साझा पार्टीका सुशीला केसी अधिकारी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, राप्रपाबाट शंकर खराल,राप्रपा( नेपाल)का गोविन्द गुरूङ, आमूल परिर्वतन मसिहाकी मुना बानिया,उन्नत लोकतन्त्रका आशिष थापा,माआवादी समाजवादीका भोजराज त्रिपाठी,पुरुष जनमतका शरणसिंह मोक्तान,देशभक्त समाजका रनबहादुर दमै,नेपालका लागि नेपालीकी रोशनी बानिया र नेकपा समाजवादीका गोविन्दप्रसाद शर्माले दलको तर्फबाट उम्मेदवारी दर्ता गराए ।

यसैगरी अटेरी समूहबाट गनेस पौडेल (खडकराज पौडेल) कांग्रेसबाट बागी बनेका विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङ, सुनिलबहादुर कोइराला, कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले पनि उम्मेदवारी दर्ता गराएका छन् । वैशाख ११ गते १० र १२ गते १८ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकृत निलप्रसाद पनेरुले जानकारी दिए ।

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ र गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाटसहित राप्रपाकी रञ्जनाकुमारी सेन पौडेल,नेकपा समाजवादीकी शीतला थापा,मंगोल नेसनलका रामबहादुर तामाङ,राप्रपा नेपालकी चिना दवाडी, आमूल परिवर्तनको तर्फबाट पदमबहादुर गुरूङ, माओवादी समाजवादीको तर्फबाट इन्द्र सुनार र सचेत नेपाल पार्टीबाट सोनी परियारले उम्मेदवारी दिए । यीबाहेक सोममाया विकले स्वतन्त्र रुपले उपमेयरमा उम्मेदवारी दर्ता गरिन् । (स्वतन्त्र) को उमेदवारी परेको छ । पोखरा महागनरको ३३ वडाको लागि एमाले र कांग्रेसले सबै वडामा आफ्ना उम्मेदवार उठाउँदा कूल उम्मेदवार संख्या १७८ जना पुगेको छ । सदस्यमा भने ५९१ जनले उम्मेदवारी दिएका छन् ।

साना दल र स्वतन्त्र उम्मेदवारीले संख्या ठूलो देखिए पनि पोखरामा मुख्य रुपमा एमाले र गठबन्धनको तर्फबाट मेयर÷उपमेयर बनेकाहरुबीच नै प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->