आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नेपाली कांग्रेस पोखरा २६ को चुनावि अभियान शुरू

नेपाली कांग्रेस पोखरा २६ को चुनावि अभियान शुरू


  • महेन्द्र ढुङ्गाना
  • बैशाख १४ २०७९, बुधबार

नेपाली कांग्रेस पोखरा २६ ले चुनावि अभियान आजबाट शुरू गरेको छ । अभियानको पहिलो दिन सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।
नेपाली कांग्रेसका पुर्व कानून मन्त्री यज्ञबहादुर थापाले अबको चुनाव जसरी पनि कांग्रेसले जित्ने दाबी गरे ।

नेकपा एमालेको बिरूद्वमा लागेर पांच दलिय गठबन्धनलाई जिताउनु आजको आवस्यकता रहेको बताए । चुनावमा पार्टिको निर्णयमा लागेर सबै उम्मेदवार लाई अत्यधिक मतले जिताउन कार्यकर्तालाइ निर्देसन दिए । नेपाली कांग्रेस पोखरा २६ का सभापति शिवबहादुर रानाभाटको अध्यक्षतामा तिनवटा कार्यालयको उद्घाटन भएको छ ।

भवानी, जल्धारे र अर्घाैंमा सम्पर्क कार्यालय स्थापना गरेको वडा कार्यालयका सदस्यका उम्मेदवार सुदिपराज ढुङ्गानाले बताए । चुनाव प्रसार प्रचारका लागि एक हजार एक सदस्यीय परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा वडाका उम्मेदवारले अबको वडाको निर्वाचनमा जसरीपनि नेपाली कांग्रेसले जित्ने छ । हामी वडामा भएको समस्याहरूको समाधानमा लाग्ने छौं । आगामी योजनामा हाम्रो जनताको मुद्दा पहिलो प्राथमिकता रहनेछ आफ्नो प्रतिबद्दताहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको र विभिन्न नेताले आगामी चुनाव केन्द्रित कार्यक्रमहरू अझ मजबुद रहि अगाडि बढ्न सुझाब दिएका थिए ।

कांग्रेसले अध्यक्षमा नरेन्द्र थापा , महिला सदस्यमा लक्ष्मीदेबि भट्टराई , दलित महिलामा शुजता बराल सुनार , खुल्ला पुरूष सदस्यमा सुदिपराज ढुङ्गाना र तिर्थबहादुर राजभाटलाई उठाएको छ ।

कार्यक्रममा उपसभापतिद्वय चिनियाँ थापा, धुर्ब बि क , रबिन्द अधिकारी र सचिब ईश्वरि प्रसद अधिकारी लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->