आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

वडाध्यक्षमा दोहोरिदैँ हिमबहादुर

वडाध्यक्षमा दोहोरिदैँ हिमबहादुर


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७९, बुधबार

कास्की ÷गाउँगाउँमा चुनावी माहोल तातेको छ । अन्नपूर्ण आधार शिविर (एबिसी)को प्रवेश द्वार छोम्रोङमा पनि उम्मेद्वारी दर्तासँगै चुनावी माहोल गर्मिएको छ ।

गुरुङ समुदायको बाक्लो वस्ती भएको छोम्रोङ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा पर्छ । यही गाउँका ५९ वर्षीय हिमबहादुर गुरुङ चुनावी प्रचारप्रसारमा जुटेकाले गाउँमा चुनावी माहोल अरु गाउँभन्दा फरक छ ।

दोस्रो कार्यकालका लागि पनि उनले नेकपा (एमाले)बाट उम्मेद्वारी दर्ता गराएका छन् । २०७४ सालको निर्वाचनमा हिमबहादुर एक सय २० मतान्तरले विजयी भएका थिए ।

हिमबहादुरले पाँच सय ३० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भूवनेश्वर गुरुङले चार सय १० मत पाएका थिए । २०६१ सालदेखि २०६८ सम्म छोम्रोङ पर्यटन व्यवस्थापन समितिको चार कार्यकाल अध्यक्ष भए । जनतामाझ परिचित भएको र काम गर्ने स्वभाव भएकाले उनले २०७४ सालमा एमालेबाट टिकट पाएका थिए ।

पछिल्लो कार्यकालमा उनले घरघरमै सामाजिक सुरक्षा भत्ता पुग्ने वातावरण बनाए । ‘हाम्रोमा बैंकको सुविधा लिन गाह्रो छ । वृद्धभत्ता लिन सबै बुढाबुढी जान सक्ने अवस्था छैन । मेरो कार्यकालमा टोलटोलमा बैंकको कर्मचारी पु¥याएर भत्ता वितरण गरेँ । धेरै बा–आमालाई सहज भयो,’ हिमबहादुरले सुनाए, ‘अपांगता भएकालाई पनि टोलमै लगेर भत्ता दिने व्यवस्था गरेँ ।’

वडा नम्बर ११ पर्यटकीय गतिविधि निकै चलायमान हुने वडा हो । त्यसैले आफ्नो चासो नै पर्यटन विकास भएको हिम सुनाउँछन् । ‘हाम्रो पदमार्ग पर्यटन राम्रो छ । पछिल्लो कार्यकालमा आधार शिविर पुग्ने बाटो स्तरोन्नति, ठाउँठाउँमा पुल बनाउने काम गरेँ । पर्यटकलाई कसरी अझ एसिबी आउने वातावरण बनाउने भन्ने मेरो जोड रहन्छ,’ उनले सुनाए ।

हिमबहादुरको गाउँ छोम्रोङ र पहिला वडा कार्यालय भएको घान्द्रुक गाउँ वारिपारिको डाँडामा पर्छ । सडक नहुँदा हिँडेर आउजाउ गर्न आठ घण्टा खर्चिनुपथ्र्यो । अहिले कार्यालय सारेपछि चार घण्टा समय छोटिएको छ । फेरि उनी हिँडाइका दुःख सहने अठोटसहित वडाध्यक्षमा उठेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->