आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जिवन परियार र किशोरदत्तले खेल खेलेर मलाई हटाए ः आनन्द सुवेदी

जिवन परियार र किशोरदत्तले खेल खेलेर मलाई हटाए ः आनन्द सुवेदी


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७९, बुधबार

सोमबार रुपा गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्ष पदको उम्मेदवारी दिनका लागि आनन्द सुवेदी निर्वाचन अधिकृतको कार्यालय तर्फ लागे । पार्टीको आधिकारीक सिफारिस पत्रसहित सबै कागजात लिएर उनी उम्मेदवारी मनोनयन गराउन पुगे ।

तर, उनलाई मनोनयन गर्ने ठाउँसम्म पुग्नै दिइएन् । केहि व्यक्तिको अवरोधका कारण उनी रोकिन प¥यो । उनलाई जान नदिएपछि कांग्रेसको तर्फबाट गिमाया गुरुङलाई अध्यक्ष बनाइयो ।

अध्यक्ष बनाउने बेलासम्म उनलाई केहि पनि थाहा थिएन् । कास्की जिल्ला सभापति देखि रुपा गाउँपालिका पार्टी सभापति सबैले उनलाई बधाई समेत दिएका थिए ।

बल्ल तल्ल निर्वाचन मनोनयन दर्ता गराउने ठाउँसम्म पुगेका उनको फाइनल निर्वाचन अधिकृतले लिन मानेनन् । उनलाई स्वतन्त्र आए लिने नत्र नलिने भनेपछि उनी अक्मक्कमा परे ।

अध्यक्षका लागि संसदीय समितिमा दुई तिहाई मत प्राप्त गर्दै आफु अध्यक्ष पदका लागि मनोनयन हुदाँ पछि किन हटाइयो भन्ने कुरा उनले अझै बुझ्न सकिरहेका छैनन् ।

उनले आफुलाई किन हटाइयो भन्ने प्रश्नको जवाफ जिल्ला पार्टी सभापतिले दिनुपर्ने बताए । उनले आफुलाई हटाउनमा जिल्ला सभापति किशोरदत्त बराल र केन्द्रिय सह–महामन्त्री जिवन परियारको खेल रहेको अरोप समेत लगाए ।

‘टिकट जस्ले पाएपनि समस्या भएन । तर, किन हटाइयो भन्ने त स्पष्ट पार्नु प¥यो नि !’ उनले भने,‘पार्टीले आधिकारीक रुपमा मनोनयन गरेको पत्र हुदाँ हुदँै किन हटाइयो ? यसको जवाफ भए पुग्छ । मलाई हटाउनमा भुमिका रुपाका सभापती , जीवन परियार र किशोरदत्त बरालको खेल रहेको छ ।’

उनले जिल्लाले प्रदेशलाई समेत खबर नगरि सिद्यैँ केन्द्रलाई पत्राचार गर्नुमा शंका लागेको बताए । प्रदेशलाई समेत वेवास्ता गर्दै जानकारी नदिनु गल्ती भएको र आफु टिकट नपाएकोमा असन्तुष्टि नभएको तर प्रक्रियाको विरोध गरेको उनले बताए ।

उनले यस्तो प्रवित्तिका कारण कांग्रेसको पतन हुने खतरा रहेको बताए । आफुले कांग्रेस भन्दा बाहिर राजनीति गर्न नसक्ने समेत बताए ।
निर्वाचनका लागि अध्यक्ष तथा उपाध्यक्षका लागि केहि सर्त लिएर सहयोग गर्ने समेत उनले बताए ।

उनले कांग्रेसलाई सिध्याउने र गुटको हाबि हुने चलखेल व्यापक भएको आरोप लगाए । यस विषयमा कास्की जिल्ला सभापति किशोरदत्त बरालसंग कुराकानी गर्न खोजेपनि उनले फोन भने उठाएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->