आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गठबन्धनको आयु बैशाख ३० सम्म ः नेता अधिकारी

गठबन्धनको आयु बैशाख ३० सम्म ः नेता अधिकारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७९, बुधबार

नेकपा एमाले स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले गठबन्धन वैशाख ३० गते समाप्त हुने बताएका छन ।

नेकपा एमाले पोखरा महानगरपालिका १० को चुनाव प्रचार प्रसार समिति कार्यालयको उद्घाटन गर्दै नेता अधिकारीले गठबन्धनको आयु वैशाख ३० गते सकिने बताएका हुन् ।

केही राजनैतिक दलहरु गठबन्धन बनेर एमालेलाई हराउने भनेर गठबन्धन गरेको भएतापनि गठबन्धन आफैमा मिल्न नसकेको र वैशाख ३० मा जनताले एमालेलाई भोट दिएर जिताउने र गठबन्धनको अस्तित्व समाप्त भएर जाने उनको भनाइ छ ।

नेकपा एमाले सरकारको पालामा जतिको बिकास कुनैपनि सरकारले गर्न नसकेको वताउदै वैशाख ३० गते हुने चुनावमा एमालेको बिकासलाई नै प्रचार गरेर अगाडि वढ्नुपर्ने उनले  ।

नेकपा एमालेको सरकारको पालोमा पोखरा विमानस्थल, सडक निर्माण र नागरिकलाई स्वास्थ्य विमा जस्ता कार्यक्रमहरु ल्याएको भएतापनि गठबन्धनको सरकारले बिकासको कामतर्फ नभइ स्वास्थ्य विमा कार्यक्रमलाई नै रोक्नतर्फ लागि परेकाले उनीहरुको भण्डाफोर गर्दै चुनावी प्रचार प्रसारमा लाग्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->