पोखरा महानगरपाकिलामा बागी उमेदवारी दिएका ३ जना मध्ये २ जना उमेद्वारले उमेद्वारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेस कास्कीकाा पुर्व सचिव ऋषि सापकोटा र पुर्व कोषाध्यक्ष नन्दु तिवारीले उमेद्वारी फिर्ता लिएका छन् ।
उनीहरुले पार्टीको निर्देशन अनुसार उमेद्वारी फिर्ता गराएको बताएका छन् ।
कांग्रेसका अर्का बागी विमलबहादुर कार्कीले भने उमेदवारी फिर्ता लिएका छैनन् ।





