बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोटमा दुवै विद्रोहीको चुनाव चिन्ह मुढा

गलकोटमा दुवै विद्रोहीको चुनाव चिन्ह मुढा


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०७९, शनिबार

बागलुङ/ बागलुङको गलकोट नगरपालिकामा सत्ता गठबन्धनबाट नै प्रमुख र उपप्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका दुवै जनाले चुनाव चिन्ह मुढा पाएका छन् ।
नगर प्रमुख पदमा उमेद्वारी दिएकी नेपाली कांग्रेसकी नेतृ मञ्जु शर्मा चालिसे र उपप्रमुख पदमा उमेद्वारी दिएका नेकपा माओबादी केन्द्रका नेता तिलक उप्रेतीले मुढा चिन्ह रोजेका हुन् । गलकोटमा गबन्धनको तर्फबाट कांग्रेसका भरत शर्मा गैरे प्रमुख र माओबादीका फमलाल न्यूरे उपप्रमुखका उमेद्वार छन् ।

नगरप्रमुखमै स्वतन्त्र उमेद्वार रहेका दिपेन्द्र सहानीले गुलावको फुल चिन्ह पाएको निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले बताए । बागलुङका दशवटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले शनिबार स्वतन्त्र उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->