पोखरा / पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले पशुपालनलाई जोड दिने बताएका छन् । जनातको जिवन स्तर सुधारका लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् ।
तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पल्नेलाई प्रतिबाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् । राजुले यस भन्दा अघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत पाएको रकम सामाजिक सेवामा खर्च गर्ने बताए ।
पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने लगायतका काम गर्दै आएका छन् । आफु सधैं जनताको सेवामा नै खटिने भन्दै वडाध्यक्षको उम्मेदवारी दिएको र आफुलाई भोट दिएर जिताउन अपिल गरे ।
उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् ।





