आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पुरानो हटाए, आफ्नो गीतलाई नारा बनाए

पुरानो हटाए, आफ्नो गीतलाई नारा बनाए


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०७९, आइतबार

पोखरा/ एमाले अध्यक्ष केपी ओली गएको फागुनमा ३ पटक पोखरा आए । फागुन १३ गते आयोजित कार्यक्रममा उनले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य गणेशमान गुरुङसहितका नेताहरुलाई उनले पार्टी प्रवेश गराए ।
फागुन २३ गते गते उनले पोखरामा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गरे । फागुन २७ गते उनी प्रेस चौतारी नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न पोखरा आएका थिए ।

चैतको अन्त्यतिर पर्वत र बागलुङको कार्यक्रम भ्याएर उनले पोखरालाई मुकाम बनाए । यहाँको माउण्ट कैलाश होटलमा बस्दा पनि उनले रात अबेर र बिहानसम्म नेता–कार्यकर्ता भेटे ।
यी सबै भ्रमणको क्रममा उनले विभिन्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई पार्टीमा भित्र्याए । एमाले विभाजनपछि टुक्रिएको नेकपा एकीकृत समाजवादीले गरेको आक्रामक संगठन बिस्तारलाई निस्तेज तुल्याउँदै स्थानीय चुनावमा पुनः एमालेका उम्मेदवारलाई विजयी गराउनु !

उनले पोखरा आएर कार्यकर्ताको मनोवल उकासेका छन् । अन्य पार्टीमा रहेकाहरुलाई एमाले भित्र्याएका छन् । अघिल्लो चुनावमा झण्डै १४ हजार मतान्तरले जितेको पोखराको चुनावलाई एमालेले प्रतिष्ठाको चुनावको रुपमा लिएको छ । र ,त्यही अनुरुपको तयारी थालेको छ । एमाले पोखरामा बलियो छ । हालका मेयर मानबहादुर जिसी अस्वस्थ भएसँगै राजनीतिक जीवनबाट विश्राम लिने अवस्थामा पुगेका छन् ।

एमालेले पोखराको मेयरमा पूर्वमेयर तथा प्रदेश सांसद कृष्ण थापालाई उम्मेदवार बनाएको छ भने उही पदमा दोहोरिन नचाहेको सार्वजनिक अभिव्यक्ति दिएकी मञ्जुदेवी गुरुङलाई उपमेयरको उम्मेदवार बनाएको छ । पोखरा नगर कमिटीका पूर्वअध्यक्ष दीपक पौडेललाई उम्मेदवार घोषणा गरे पनि चोरीको आरोपसहितको भिडियो सार्वजनिक भएसँगै थापालाई मेयरको उम्मेदवार बनाइएको हो ।

२०५४ सालदेखि ५९ सालसम्म पोखराको मेयर रहेका कृष्ण थापा नेतृत्वमा चुनावमा होमिएको एमालेले शनिबार पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा यसअघिकोजस्तै मोनो र मेट्रो रेलको सपना देखाइएको छ । भला, अघिल्लो कार्यकालमा गरिएका प्रतिवद्धताहरु पूरा नगरेको आरोपबाट एमाले मुक्त नभएको नै किन नहोस् !

यद्यपि, घोषणापत्रको नारामा भने आफैले सिर्जना गरेको गीतको भने मेयरका प्रत्यासी कृष्ण थापाद्धारा सिर्जित गीतको अत्यानुप्रास ‘श्रम सीप जुटाऔं,पोखरालाई उठाऔं’ भन्ने तय गरिएको छ ।
‘श्रम सीप जुटाऔं,पोखरालाई उठाऔं’ भन्ने उनीद्धारा सिर्जित ‘पोखरा सहर हेर्दैमा राम्रो’ गीतमा प्रयुक्त गरिएको छ । जनसांस्कृतिक मञ्च पोखराका संस्थापक अध्यक्षसमेत रहेका थापाका पोखरा सहर हेर्दैमा राम्रो, मान्छे न गरीब, म त नेपाली,,धेरैधेरै दुःख कष्ट, आँखामा रसायो आँशु,कोमागाने मितेरी गीतलगायतका गीतहरु रेकर्ड भएका छन् ।

कवि मनका थापाले यसअघि तय गरिएको ‘पोखरा लेखनाथबासीको रहर ः सुखी,खुसी,सभ्य र समृद्ध सहर’को नारालाई विस्थापित गर्दै ‘हाम्रो अभिभारा ःस्वच्छ सुन्दर पोखरा,श्रम सीप जुटाऔं,पोखरालाई उठाऔं’ प्रयोगमा ल्याएका हुन् । २० पृष्ठको घोषणापत्रमा भने पुरान कुराहरुलाई नै दोहो¥याइएको छ । घोषणापत्रमा अघिल्लो कार्यकालमा सफलता प्राप्त गर्न नसकेको विषयलाई भने केही वस्तुपरक ढंगले प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->