आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

नेपाली काग्रेस गण्डकीमा प्रदेश प्रचार प्रसार तथा अनुगमन समिति गठन

नेपाली काग्रेस गण्डकीमा प्रदेश प्रचार प्रसार तथा अनुगमन समिति गठन


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७९, सोमबार

पोखरा/ आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काग्रेस गण्डकीमा प्रदेश प्रचार प्रसार तथा अनुगमन समिति गठन गरिएको छ ।
काँग्रेससहित गठबन्धनका उमेदवारहरुलाई विजयी गराउनका लागि नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरण वावु श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपसयोजकमा प्रा डा. कुश्माकर न्यौपाने, सचिवमा गण्डकी प्रदेशका प्रचार प्रसार विभाग प्रमुख रमेश पौडेल रहनु भएको छ । अन्य सदस्यमा नेपाली काँग्रेसका गण्डकी प्रदेशका सदस्यहरु तथा आमन्त्रित सदस्यहरु, नेपाली काँग्रेस गण्डकी प्रदेश मातहतका जिल्ला सभापतिहरु, नेपाली काँग्रेसका गण्डकी प्रदेशका सांसद सदस्यहरु एवं प्रत्याशीहरु,नेपाली काँग्रेसका गण्डकी प्रदेशका भातृ तथा सुभेच्छुक संस्थाका सभापतिहरु तथा पदाधिकारी सदस्यहरु, प्रजातान्त्रिक व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारी सदस्यहरु रहको गण्डकी प्रदेशका प्रचार प्रसार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।

त्यसै गरी नेपाली काँग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बरालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन अनुगमन समितिसमेत गठन गरिएको छ । जसमा
विरेन्द्र मण्डल,जीवन बास्तोला, शिरोमणी वराल, देवीश्री कार्की क्षेत्री रहेको पाटी प्रवक्ता माधव प्रसाद बास्तोला मधुले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->