बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

घरदैलोमा भोट माग्दै पाँच दलीय गठबन्धनका उम्मेदवार

घरदैलोमा भोट माग्दै पाँच दलीय गठबन्धनका उम्मेदवार

जैमिनीमा गठबन्धनका दलको चुनावी कार्यक्रम दमेकको नेपानेमा


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७९, सोमबार

बागलुङ/ आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला जनताको घरदैलोमा छन् । बागलुङ नगरपालिकाका नगरप्रमुखका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्काले आईतबार बागलुङ नगरपालिका ४ को कुँडेल, वडा नं. ५ को मालिका वडा नं. ६ को भांसामा मतदाताको घरघरमा पुगेर भोट मागेका छन ।

श्रेष्ठ र खड्का सँगै स्थानिय वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुले पनि जनताको घरदैलो पुगेर भोट माग्दै हिँडेका छन । स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठबन्धनको संयुक्त उम्मेदवारमा श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार हुन भने खड्का नेकपा माओबादी केन्द्रबाट नगरउपप्रमुखको उम्मेदवार हुन । दुवै जनाले वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार सहित घरदैलो सँगै खेती किसानी गर्ने कृषकहरुलाई खेतबारीमा नै पुगेर भेटेका छन । भेटमा अधिकाशं किसानहरुले आफ्नो समस्या राखेका थिए ।

जैमिनीमा गठबन्धनका दलको चुनावी कार्यक्रम दमेकको नेपानेमा

स्थानिय तहको निर्वाचनमा जिल्लाको जैमिनी नगरपालिकाका पाँच दलीय गठबन्धनका दलहरुको चुनावी कार्यक्रम वडा नं. ३ दमेकको नेपानेमा सम्पन्न भएको छ । चुनावी कार्यक्रममा जनता सँग मत माग्दै नगरप्रमुख उम्मेदवार नरबहादुर पुनले जैमिनी नगरपालिकाको सिष्टम परिवर्तन गर्न र जनमुखी सेवा प्रदान गर्ने मुल लक्ष्यका साथ आफुहरु भोट माग्न आएको बताए । उनले हिजो जो जता रहे पनि अहिलेको यात्रा भनेको प्रतिगमनका विरुद्ध कारण सवैले सँगै
यात्रा तय गरेको बताए । पुनले जैमिनीको विकासका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताएर समृद्धि जैमिनी बनाउनका लागि सहयोग गर्न मतदातालाई आग्रह गरे ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार हरिहर शर्माले जैमिनीको विकास र निकासका निम्ती पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए । उनले जैमिनीको पुर्वाधार विकास कृषि स्वास्थ्य शिक्षालाई आफुहरुले पहिलो प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा राष्ट्रिय जनमार्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेपाली काँग्रेसका निवर्तमान जिल्ला सदस्य हरि आचार्य, नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका नेता लालबहादुर परियार वडा अध्यक्षका उम्मेदवार कृष्ण भुजेल लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेसका वडा सभापति यामबहादुर क्षेत्रीको अध्यक्ष माओबादीका देवेन्द्र पुनको संचालन र राजमोका अध्यक्ष थम्मन श्रीषको स्वागतमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->