पोखरा/ हाम्रो कास्कीकोट युवा सञ्जालले पोखरा महानगरका जनप्रतिनिधिप्रत्याशीलाई एकै मञ्चबाट साझा प्रतिवद्धता गराएको छ । सञ्जालले मेयर तथा बडा अध्यक्षका उमेदवारहरुलाई एउटै मञ्चमा ल्याएर आफ्नो उम्मेदवारीको औचित्य झल्काउने ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिवद्धता’ प्रस्तुतीकरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कृष्णबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का धनराज आचार्य, अटेरी अभियानका अभियानता तथा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस), राष्ट्रिय प्रजातन्त्र पार्टीका शंकर खराल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका भोजराज त्रिपाठी र मौलिक जरोकिलो पार्टीका सञ्जय तिमिल्सिनाले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यसै गरी पोखरा महानगर २४ का अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेस गठबन्धनका भरतबहादुर अधिकारी, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का रामचन्द्र थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन बस्ताकोटीले पनि प्रस्तुति दिएका थिए ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापाले पोखरा र आसपासका क्षेत्रमा विकासको धेरै सम्भावना रहेको बताए । उनले भने, ‘सम्भावना भएको ठाउँमा सपना देख्नु राम्रो हो । हामी त्य।को कार्यान्वयनको पक्षमा छौं ।’
गठवन्धनका मेयरका उम्मेदवार नेकपा एसका धजराज आर्चायले पोखरा महानगरपालिकका अधुरा काम पूरा गर्ने प्रतिवद्धता जनाए । उनले भने, ‘फेवाताल संरक्षणदेखि महानगरमा गाभीएका साविकका गाविसहरुलाई पहिलो प्रथामिकता दिएर काम गर्छौं ।’
अटेरी अभियानका तर्फ स्वतन्त्र उम्मेदवार गनेस पौडेलले राजनीतिक नेताहरुले धेरै गफ लगाउने गरेको तथ्यमा रहेर काम नगर्दा पोखराको विकास र संरक्षण हुन नसकेको बताए । उनले भने, ‘पोखराकोयोजनावद्ध विकास गर्न सकने भए पनि दलहरुको दलीय स्वार्थका कारण पूरा हुन सकेन ।’
कुनै पनि राजनीतिक दलको प्रभावभन्दा बाहिर रहेर स्वतन्त्र रुपमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको पोखरा महानगरपालिका २४ माखुलेको उक्त युवा सञ्जालले आगामी स्थानीय निर्वाचनलाई लक्षीत गरेर आफ्नो निकायको स्थानीय निर्वाचनमा स्वच्छ प्रतिस्पर्धाका सघाउ पु¥याउनेसमेतm जनाएको छ ।
संस्थागत पत्र तथा प्रस्तावनासहित उम्मेदवारलाई कार्यक्रमको स्पष्ट ढाँचा तथा नियमहरुको बारेमा हप्ता दिन अगाडिदेखि जानकारी गराएको संस्थाले सामाजिक सञ्जाल मार्फत निरन्तर सूचना प्रवाह गरिरहेका थियो । गौरव त्रिपाठीको संयोजन तथा सञ्जालका संयोजक शालिकराम गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सुरुवात सञ्जालका सचिव अर्जुनवहादुर अधिकारीले गरेका थिए भने उम्मेदवारको प्रस्तुतीकरण कार्यक्रम पत्रकार केशवशरण लामिछानेले गरेका थिए ।





