बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गठबन्धनको प्रतिवद्धता : बागलुङ नगरमा केवलकार

गठबन्धनको प्रतिवद्धता : बागलुङ नगरमा केवलकार


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७९, मंगलबार

बागलुङ/ सत्तारुढ पाँच दलीय गठबन्धनले बागलुङ नगरपालिकामा केवलकार सञ्चालन गर्ने महत्वकांक्षी योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बागलुङ नगरपालिकाको संयुक्त निर्वाचन परिचालन कमिटिले बागलुङ नगरमा निजी क्षेत्रसँगको सहकार्यमा आवश्यकता अनुसार केवलकार सञ्चालन गर्ने योजना अघि सारेको हो ।

गठबन्धनको तर्फबाट नगरप्रमुखका उमेद्वार रहेका बसन्तकुमार श्रेष्ठले यसअघिको निर्वाचनमा पनि बागलुङ बजारमा केवलकार सञ्चालनका लागि पहल गर्ने बताएका थिए । बागलुङ र पर्वत जोड्ने लामो पुलमुनि रहेको भीरमा बहुवर्षे फुल रोप्ने, पूर्वाधार निर्माणमा वातावरणीय संरक्षणलाई ध्यान दिने, निर्वाचित भएको एक वर्षभित्रै बागलुङ बजारको ढल निकासको समस्या समाधान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

संयुक्त गठबन्धन निर्वाचन परिचालन समितिले निर्वाचनको लागि ७ बुँदे अठोट समेत सार्वजनिक गरेको छ । भ्रष्ट्राचार नगर्ने संकल्प गरिएको प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन रोजगारका योजना र नीति कार्यक्रममा समेटिएका छन् ।

गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा महत्वकांक्षी योजना अघि सारेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुखमा जितेपछि नगरबासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने उल्लेख छ । प्रतिबद्धता पत्रमा दिगो विकास लक्ष्य, योजना अनुशासन तथा वित्तिय अनुशासन, अनुत्पादनशील क्षेत्रमा लगानी नियन्त्रण र प्राथमिकताका क्षेत्रमा लागानी केन्द्रित, सेवक जनप्रतिनिधि तथा जनमुखी सेवाको भावनाका साथ दिने भनिएको छ ।

भ्रष्टाचारको संस्थागत स्वरुपलाई तोड्ने साझा संकल्प, सदाचारपूर्ण व्यवहार, मितव्ययिता र समावेशिताको व्यवहारिक कार्यान्वयनलाई केन्द्रमा राखी नगर क्षेत्रको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको रुपान्तरण गरी समुन्नत नगरको परिकल्पना गरिएको छ ।

संयुक्त गठबन्धनको प्रतिबद्धता सार्वजनिक तथा बागलुङ नगरपालिकामा गठबन्धनका उम्मेदवार परिचय कार्यक्रम नेपाली कांग्रेसका नगर सभापति उमाकान्त शर्माको अध्यक्षता माओवादी केन्द्रका बद्रि प्रसाद शर्माकोे स्वागत र राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले प्रतिबद्धता पत्रमा समावेश गरिएका कुरा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->