आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्च गर्छु : रानाभाट

समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्च गर्छु : रानाभाट


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७९, बिहिबार

पोखरा/गठबन्धनबाट पोखरा महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिनुभएकी कोपिला रानाभाटले समाजसेवा र राजनीतिको अनुभव महानगरको विकासमा खर्चिने बताइन् ।

पोखरा ३१ को चुनावी प्रचारप्रसारमा बोल्दै जीवनको महत्वपूर्ण समय राजनीतिलाई दिएको र सोहि अनुभव महानगरको विकासमा खर्चिने बताएकी हुन् ।

उनले आफ्नै क्षेत्र रहेकाले मत माग्नुपर्ने आवस्यकता नरहेपनि विकासका योजनाहरु लिएर आएको उल्लेख गरिन् । पोखरामा आन्तरिक पर्यटक आउने भनिरहँदा फेवातालको मात्र नाम आउने तर वेगनास ताल ओझेलमा पर्ने गरेको भनाई उनको थियो ।

पर्यटकीय दृष्टिकोणले लेखनाथ पनि पर्यटकीय हबको रुपमा रहेपनि अहिलेसम्म हरेक योजना फेवाताल केन्द्रित हुँदा विकासका कार्यक्रममा बेगनासमा नआएको उनले बताइन् ।

उनले अब पाँच वर्ष पोखरालाई दिँदै गर्दा लेखनाथमा पर्यटकीय योजनाहरु समेतका बारेमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

वेगनासताल, रुपाताल सहित लेखनाथ भित्र रहेको सम्पुर्ण तालको संरक्षण गर्ने देखि विकासका कार्य तथा सडक स्तरोन्नतिका काम गठबन्धन सरकारले नै पुरा गर्ने उनले बताइन् ।

वडा ३१ को विकासमा भएको ढिलासुस्तिको बारेमा अब प्रश्न गर्न आवश्यक रहेको र त्यो अब गठबन्धनले पुरा गर्ने हुँदा मतदान गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->