सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

राप्रपाको सभालाई लिङ्देनले सम्बोधन गर्ने

राप्रपाको सभालाई लिङ्देनले सम्बोधन गर्ने


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले शनिबार गर्ने चुनाव लक्षित आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने भएका छन् । लिङ्देनसहित पोखरा महानगर तथा कास्कीका अन्य पालिकाका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

राप्रपाले महानगर प्रमुखमा शंकर खराल र उपप्रमुखमा रञ्जना सेन पौडेललाई उपप्रमुखका रुपमा अगाडि सारेको छ । राप्रपाले पोखराका ३२ वटा वडामा जनप्रतिनिधि उठाएको पार्टीका कास्की अध्यक्ष नारायण गुरुङले जानकारी दिए । ‘पार्टीमा नयाँ नेतृत्व आएसँगै राप्रपाप्रति नयाँ पुस्ताको राम्रो आस्था र विश्वास बढ्दै गइरहेको पाएका छौं,’ उनले भने ।

राप्रपाले कास्कीका अन्य ४ वटै गाउँपालिकामा पनि जनप्रतिनिधि उठाएको छ । जिल्लाका पालिकाभर १ सय ८१ वटा जनप्रतिनिधि उम्मेदवार खडा गरेको गुरुङले जानकारी दिएका छन् ।
राप्रपाका तर्फबाट पोखरा महानगर प्रमुख प्रत्याशी खरालले अहिलेका जनप्रतिनिधिले महानगरका लागि काम नगरेकाले आफूहरुलाई जनताले विश्वास गर्ने वातावरण बनिसकेको दाबी गरे । उनले भ्रष्टाचार आधा कम गरे आधा राजश्व कम गरे पनि पुग्ने सुनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->