शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बेनीमा नमुना मतदान

बेनीमा नमुना मतदान


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७९, शुक्रबार

म्याग्दी/ म्याग्दीको सदरमुकाम बेनीमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले बिहिबार नमुना मतदान गरेको हो ।

बेनी सामुदायिक मावि मतदान केन्द्रमा विद्यार्थी,सरोकारवाला निकायको उपस्थितमा नमुना मतदान भएको निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले बताए ।‘यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेका छैनौं । विद्यार्थीमार्फत अभिभावकलाई सिकाउन नमुना मतदान गरिएको छ,’ घिमिरेले भने ।

जिल्लाका सबै ६ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमार्फत समेत केन्द्रमा नमुना मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।बेनीमा आयोजित नुमना मतदाता कार्यक्रमको उद्घाटन गदैं जिल्ला न्यायधिश एवं मुख्य निर्वाचिन अधिकृत तेजनाथ पौडेलले मतदाताको मत अमूल्य हुने भएकाले बदर मतलाई घटाउन सबैले पहल गर्नुपर्ने बताए । मतदान केन्द्रमा डोरीले बाँधिएको, छेउछाउमा प्रहरी, म्यादी तैनाथसहित मतदान केन्द्रमा कर्मचारीको उपस्थिति थियो भने बीचभागमा मतपत्र लेखिएको बाकस थियो ।

अर्कोतिर लाइन बसिरहेका मानिस थिए । नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने ब्यवस्था मिलाइएको थियो भने मतदानस्थलमा मतदातालाई मत बदर नहुने गरी मतपत्र पट्याउन पनि कर्मचारीले सिकाइरहेका थिए । कार्यक्रममा जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानासहितको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->