बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रचण्डले मतदाता धम्क्याउन थाले : नेपाली

प्रचण्डले मतदाता धम्क्याउन थाले : नेपाली


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७९, शनिबार

बागलुङ/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले गठबन्धनले देशव्यापी रुपमा चुनाव हार्ने परिस्थिति आएपछि चितवनमा गएर माओवादी अध्यक्ष प्रचण्डले मतदातालाई धम्काएको बताएका छन् ।

नेकपा एमाले काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियान अन्तरगत वडा नं. ७ वडा कमिटि रेशले शनिवार नुन्थलामा आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । जनताले एमालेलाई विजयी गराउन आतुर रहेको भन्दै नेपालीले एमालेले चुनाव जित्ने सूचना पछि गठबन्धनमा रहेका दलका नेताहरु मतदातालाई धम्काउदै हिडेको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज संघीय सांसद डा.सूर्य पाठकले नेपपा एमाले नेतृत्व रहेका तीनवटै सरकारले गरेको कामका आधारमा नेपाली जनताले एमालेका उमेदवारहरुलाई विजयी गराउने बताए । नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले काठेखोलाको आर्थिक, विकास, सामाजिक रुपान्तरणका लागि एमालेका उमेदवारहरुलाई विजयी गराउन आव्हान गरेका थिए ।

काठेखोला गाउँपालिकामा एमालेका उमेदवार डिल बहादुर कार्की र उपाध्यक्षका उमेदवार कोपिला पुनले काठेखोलाको पहिचान, विकास र प्रवद्र्धनका लागि एमालेले लिएका कार्यक्रम, योजना र रणनीतिका आधारमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु डिल्लीराज गौतम, हुमा कुमारी जि.सी. (अञ्जु), राम बहादुर जिसी, हरिनारायण गौतम र हरि बहादुर कुँवर, अनेरास्ववियूका जिल्ला संयोजक रोशन कुँवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->