बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आचार्यले त्यागे उपप्रमुखको उमेवारी

आचार्यले त्यागे उपप्रमुखको उमेवारी


  • ढोरपाटन संवाददाता
  • बैशाख २४ २०७९, शनिबार

बागलुङ/नेकपा एसबाट बागलुङ नगरपालिकाको उमप्रमुख पदका प्रत्यासी जीवन आचार्यले सत्ता गठबन्धनका उमेदवारलाई सघाउने भएका छन् ।

उनले शनिवार बिज्ञप्ती प्रकाशित गरेर प्राविधिक र असहमतिले दिएको उमेदवारी निस्कृय बनाएको बताए । शनिवार गठबन्धनको चुनाव परिचालन कार्यालयमा पुगेर उनले उमेदवारी निस्कृय बनाएको बताए ।

गठबन्धनबाट माओवादीका राजु खड्का उपप्रमुख उमेदवार छन् । यस अघि उनले नेकपा एसबाट उपप्रमुख उमेदवारी दिएका थिए । त्यस्तै बानपा २ का अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका शसिकमपुर श्रेष्ठले पनि उमेदवारी निस्कृय बनाएको घोषणा गरे । उनीहरुलाई गठबन्धनका चुनाव परिचालन संयोजक उमाकान्त शर्मा बाबुले स्वागत गर्दै चुनावी अभियानमा खटिन आग्रह गरे । श्रेष्ठले गठबन्धनका उमेदवार सुरज बोसेललाई समर्थन गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->