आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आइतबार पाँच दलीय गठबन्धनको पोखरामा आम सभा हुने

आइतबार पाँच दलीय गठबन्धनको पोखरामा आम सभा हुने


  • ढोरपाटन सम्वाददाता
  • बैशाख २४ २०७९, शनिबार

पोखरा /पाँच दलीय गठबन्धनले आईतबार पोखराको अमरसिंहचौरमा गर्ने बिशाल आमसभा गर्ने भएको छ । गठबन्धन प्रचारप्रसार समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन गरि आमसभाको तयारी पुरा भएको जानकारी दिएको हो ।

कार्यक्रममा बोल्दै प्रचारप्रसार समितिका संयोजक नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आमसभाका लागि पोखरा महानगरपालिकासँगै चारवटै गाँउपालिकाहरुमा पाँचै दलका मतदाताहरु सहभागी गराउने गरि आह्वान गरिएको बताए । बरालले यस आमसभालाई ब्यवस्थित, मर्यादित र ऐतिहासिक बनाउने तयारी भएको पनि बताए ।

आमसभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ समेतका नेता संगै पोखरा महानगरका मेयरका उमेदवार धनराज आचार्य र उपमेयरका उमेदवार कोपिला रानाभाट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाँच दलीय गठबन्धनका नेताहरुले पोखरा महानगरपालिका सहित कास्कीको ४ वटै गाउँपालिकामा गठबन्धनका उमेद्वारहरुले विजय हासिल गर्ने दाबि समेत गरेका छन् ।

केन्द्रकै परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलहरु बिचमा साझेदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको समेत नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

ती वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भैरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुका बीचमा परामर्श गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->