पोखरा /पोखरा महानगरपालिका जिल्ला समन्वय समितिमा बसेको सर्वदलीय बैठकले महानगरको मतगणना २ बजेबाट गर्ने निर्णय गरेको छ ।
३३ वटा वडा रहेको महानगरमा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
मत हाल्नेमा पुरुष भन्दा महिलाको संख्या बढिरहेको छ ।
७६ हजार ६ सय २० महिला मतदाताले मतदान गरेका छन् भने ६६ हजार ५ सय ६६ जना पुरुष र २ जना तेस्रो लिंगी रहेका छन् ।
महानगरमा कुल ६८.९५ प्रतिशत मात्र मत खसेको छ ।





