बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका चार वडाको नतिजा आयो

बागलुङका चार वडाको नतिजा आयो

गलकोटमा एमाले र राजमो, निसीमा कांग्रेस र ताराखोलाबाट माओबादीले खाता खोल्यो


  • ढोरपाटन संबाददाता
  • बैशाख ३१ २०७९, शनिबार

बागलुङ/ बागलुङमा चार दलले वडाअध्यक्षमा खाता खोलेका छन् । पछिल्लो मत परिणाम अनुसार जिल्लाभरका ८५ वडा मध्ये ४ वडाको मत परिणाम आएको छ । जसअनुसार नेकपा एमालेले बागलुङको गलकोट नगरपालिका–११ रिघाबाट विजयी सुरुवात गरेको छ ।
पाँच दलिय गठबन्धनका उम्मेदवारलाई २ सय ६४ मतले पराजित गर्दै नेकपा एमाले बागलुङका उप–सचिव समेत रहेका डम्मर श्रीस पुनः वडा अध्यक्षमा विजयी भएका हुन् ।

श्रीसले ९७३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका दलबहादुर बुढाथोकीले ७ सय ९ मत प्राप्त गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचन जनमोर्चा र एमालेको तर्फबाट उम्मेदवार बनेका श्रीसले ७ सय ७९ मत प्राप्त गरि विजयी भएका थिए ।

राष्ट्रिय जनमोर्चाले बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा विजयी सुरुवात गरेको छ ।
पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको साझा उम्मेदवार बनेका लाल बहादुर रानाले १ हजार १ सय ६ मत प्राप्त गर्दै विजयी भएका हुन ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका पदम बहादुर कार्कीले ३ सय ७५ मत प्राप्त गरेका छन् ।
राना सँगै उनको प्यानलका महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्राकुमारी सुनार, खुल्ला सदस्यमा पूर्णबहादुर खत्री र भिमबहादुर थापा विजयी भएका छन् ।
बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रसिंह रामजाली निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका थमबहादुर घर्ती मगरलाई ३७ मतान्तरले पराजित गरेका हुन् ।

रामजालीले ६५५ मत प्राप्त गरका छन् भने घर्ती मगरले ६१८ मत ल्याएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका सूर्य बहादुर घर्ती मगरले ६३३ र एमालेका भूमिराज घर्ती मगरले ५४७ मत प्राप्त गरेका छन् ।

राप्रपाका कृष्णबहादुर मल्लेले ४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्ती मगरले ५९२ र एमालेकी भटुकुमारी चन्दको ५६१ र राप्रपाकी शान्ताकुमारी चन्दको ३२ मत प्राप्त गरेकी छिन् ।
वडा नम्बर १ मा एमालेका पवनकुमार सिंजालीले खुल्ला सदस्यमा विजयी हासिल गरेका छन् भने अन्य सदस्य गठबन्धनले हात पारेको छ । अन्य वडाको मत केही बेरमा सुरु हुने निर्वाचन अधिकृत गोविन्द गिरीले बताए ।
नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका–५मा विजयी सुरुवात गरेको छ ।
वडा नम्बर ५ मा माओवादीका मनबहादुर रोकाले ८ सय ५४ मत प्राप्त गर्दै विजयी भएका छन् ।रोका पाँच दलिय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका हुन् । रोकाका प्रतिद्वन्दी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरेका छन् ।

रोका सँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली काँग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->