पोखरा पोखरा महानगरपालिकामा १ सय ५० मत गणना हुँदा मेयरका उम्मेदवार रहेका एमालेका कृष्णथापा अघि रहेका छन् ।
थापाले ६१ मत ल्याउँदा गठबन्धनका धनराज आचार्यले ४९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा एमाले र गठबन्धन बराबरमा रहेकी छिन् । उनले ६० मत ल्याउँदा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ६० मत ल्याएकी छिन् ।
वडा १२ को १ सय मत र वडा १ को ५० मत गन्दा उक्त नतिजा देखिएको हो । वडा नं. १ को ५० मत गणना हुदाँ धनराजले २३ मत पाएका छन् भने कृष्ण थापाले २२ ल्याएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनका कोपिला रानाभाटले २२ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङले २० मत ल्याएकी छिन् । वडा १२ मा १ सय मत गन्दा कृष्ण थापाले ३९ मत ल्याउँदा धनराजले भने २७ मत पाए ।
१ सय मत गन्दा १० मत बदर भएको छ । मञ्जुले ४० मत ल्याउँदा कोपिलाले ३८ मत ल्याइन ।





