आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता

३ हजार मत गणना गर्दा गठबन्धनकै अग्रता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०७९, आइतबार

पोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।

गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरे भने नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत प्राप्त गरे ।

राप्रपाका शंकर खरालले १ सय ८४ मत ल्याए भने स्वतन्त्र उम्मेदवार गणेश पौडेलले ६५ मत प्राप्त गरे । यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता रहेको छ ।

गठबन्धनका कोपिला रानाभाटले १ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त गरिन् । मेयर र उपमेयर दुवैमा गठबन्धन ८१ मतले अघि रहेका छन् ।

उप प्रमुखमा राप्रपाकी रञ्जना सेनले १ सय ६५ मत प्राप्त गरिन् । अहिले वडा १,२,१२,२३ र २४ को मतगणना भइरहेको छ भने २५ को मत गणना सुरु हुन लागिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->