पोखरा, २ जेठरस्थानीय निर्वाचन अन्तरगत पोखरा महानगरपालिकामा कांग्रेसले २ वटा वडा जित निकाल्दा एमालेले एउटा वडामा जित निकालेको छ ।
पोखरा महानगरपालिका वडा २ र वडा १२ मा कांग्रेसले जित हासिल गर्दा वडा १ मा १ खुल्ला सदस्यमा कांग्रेस जितेको छ भने अन्य पदमा एमालेले जितेको छ ।
वडा १
वडा अध्यक्षमा शाहारा प्रधानले १ हजार १ सय ४५ मत पाउदै निर्वाचित भएका छन् । कांग्रेसकी सिता गुरुङले १ हजार १ सय ४ मत प्राप्त गरिन् ।

सदस्य जुम काजी गुरुङ १११६, रामजी प्रसाद पौडेल १०७३, महिला सदस्य शोभा नेपाल ११४२, दलित महिला सदस्य जुक माया दमाई ११४७ मत ल्याउदै विजयी भएका छन् ।
वडा २ मा कांग्रेस प्यानलै विजयी
पोखरा महानगरपालिकामा २ मा वडाध्यक्षमा कांग्रेसका दिवसमान प्रधानाङ्ग प्यानल सहित निर्वाचित भएका छन् ।
एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले हराएर कांग्रेसका प्रधानाङ्ग वडाध्यक्ष चुनिएका हुन् । प्रधानाङ्गले ९ सय ३९ र शाहले ६ सय ६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, पोखराले जनाएको छ ।

पोखराका ३३ वडामध्ये मतपरिणाम सार्वजनिक भएको यो पहिलो वडा हो । पोखरा २ को खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भिमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् ।
वडाध्यक्षमा राप्रपाका अरुणविक्रम राणाले ८७, नेकपा माओवादी केन्द्रकी अन्जु विश्वकर्माले २५ र जसपाका जीवन खातीले ७ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । पोखरा २ मा २ हजार ५९३ मतदाता रहेकोमा १ हजार ८२० मत खसेको थियो ।
वडा १२ मा
पोखरा महानगरपालिका वडा नम्बर १२ मा नेपाली काग्रेसका सन्तोष बास्तोला विजयी भएका छन् ।
उनले नेकपा एमाललेका देशभक्त केसीलाई हराए । पोखरा १२ मा नेकपा माओवादी केन्द्रलाई गोविन्द प्रसाद घिमिरे र राप्रपाबाट अमृत आचार्य अध्यक्षका उमेद्वार थिए ।

त्यसै गरी वडा सदस्यमा नेपाली काग्रेसका सदस्य गोविन्द प्रसाद सिग्देल र सन्तबहादुर थापा, महिला सदस्यमा शान्ति कोइराला र दलित महिला सदस्य गुमादेवी परिवार विजयी भए । निर्वाचन आयोगले घोषणा गर्न भने बाकि छ ।





