पोखरा, २ जेठ/पोखरा महानगरपालिका २३ मा गठबन्धनबाट अध्यक्ष र खुल्ला सदस्य विजयी भएका छन् भने अन्य प्रतिनिधिमा एमाले विजयी भएको छ ।
कांग्रेसका रामकाजी गुरुङले १ हजार ४ सय ८५ मत ल्याउँदै विजयी भए भने उनका प्रतिद्धन्द्धी एमालेका शिवलाल पराजुलीले १ हजार ३ सय ७३ मत प्राप्त गरे ।
यस्तै महिला सदस्यमा एमालेकी शान्ति शर्मा १ हजार ४ सय ५९ मत ल्याउँदा कांग्रेसकी इन्दिरा लामिछानेले १ हजार २ सय ८४ मत प्राप्त गरिन् ।
दलित महिला सदस्यमा पनि एमालेकी रिता सुनार विजयी भइन् । उनले १ हजार ४ सय ३ मत ल्याउँदा माओवादी उम्मेदवार रहेकी माओवादीकी दवकी सुनारले १ हजार ३४ मत मात्रै प्राप्त गरिन् ।
खुल्ला सदस्य भने एउटा गठबन्धन र अर्को एमालेको पोल्टामा प¥यो । खुल्ला सदस्य १ मा एमालेका चेतबहादुर क्षेत्रीले १ हजार ३ सय ३४ मत प्राप्त गरे भने कांग्रेसका गोपाल प्रसाद पराजुलीले १ हजार ३ सय १७ मत प्राप्त गरे ।
फवेन्द्र कुमार गुरुङले १ हजार २ सय ७५ मत प्राप्त गर्दा कांग्रेसका धनबहादुर गुरुङले १ हजार ३ सय २९ मत प्राप्त गर्दै विजयी भए ।





