पोखरा ३ जेठ/कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । महानगरको मेयरमा धनराजले ठुलो अग्रता बनाएपनि कोपिला रानाभाटले भने निकै कम मतले अग्रता लिइरहेकी छिन् ।
महानगरको २० हजार ६ सय ६० मत गणना हुँदासम्म धनराज आचार्यले ८ हजार ५ सय ६३ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ७ हजा २ सय ७८ मत प्राप्त गरे ।
राप्रपाका शंकर खरालले १ हजार २७ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गणेश पौडेल ५ सय २६ मत ल्याए ।
यस्तै उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ८ हजार २ सय ७१ मत प्राप्त गरिन् ।





