आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

मादी अध्यक्षमा देवीजंग र उपाध्यक्षमा कल्पना विजयी

मादी अध्यक्षमा देवीजंग र उपाध्यक्षमा कल्पना विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७९, मंगलबार

पोखरा ३ जेठ कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका देवीजंग गुरुङ विजयी भएका छन् ।

उनले ६ हजार ५ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका महेन्द्र गुरुङले ५ हजार ६ सय ५० मत प्राप्त गरे ।

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरुङ विजयी भइन् । कल्पनाले ५ हजार ८ सय २८ मत प्राप्त गर्दा गठबन्धनका लालबहादुर गुरुङले ५ हजार ६ सय १६ मत प्राप्त गरे । मादीमा नेकपा माओवादी र नेपाली कांग्रेसले तालमेल गरेका थिए ।

मादीको वडा नम्बर १, २, ३, ५, ११ नम्बर वडामा नेपाली कांग्रेस, ४, ६, ८, ९ मा नेकपा एमाले, वडा नम्बर ७ र १२ नम्बर वडामा नेकपा माओवादी विजय भएको छ ।

योसँगै कास्कीका ४ वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । कास्कीको रुपा र अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले, माछापुच्छ«े र मादीमा नेपाली कांग्रेसले पालिका प्रमुखमा जित निकालेको हो । पोखरा महानगरको गणना भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->